nirantarkhabarबिबिधसमाचारसमाज

एक नम्बर प्रदेशको अधिवेशन शुरु हुन ढिला भएसँगै नाम र राजधानीको विषय टुङ्गिन पनि समय लाग्ने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पौष २९, बिराटनगर । एक नम्बर प्रदेशसभाको अधिवेशन शुरु हुन ढिला भएसँगै नाम र राजधानीको विषय टुङ्गिन पनि समय लाग्ने भएको छ । मुख्यमन्त्री शेरधन राईले चैत मसान्तसम्म प्रदेशको नाम र राजधानीको विषय टुङ्गिने बताएका हुन् ।

नाम र राजधानीको विषय सकेसम्म सहमतिबाट नै टुङ्ग्याउने भन्ने बारेमा उच्च स्तरमा नै निर्णय भएकोले त्यही आधारमा टुङ्ग्याउन आफू लागी परेको उहाँले बताउनुभयो । पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री राईले मन्त्री परिषद् बिस्तार गर्ने कुरा पनि ढिलै हुने भन्दै पहिलो चरणमा प्रदेशसभाका विषयगत समितिहरुको सभापति छानिने र त्यसपछि सभामा पेश भएका केही विधेयक माथिको छलफल पछि मात्र प्रदेशको नाम र राजधानीले सभामा प्रवेश पाउने बताउनुभयो ।

मन्त्री परिषद विस्तार गर्ने प्रसङ्गमा मुख्यमन्त्री राईले संघीय सरकारको निर्णय पर्खिएर बसेको बताउनुभयो । अन्तर प्रदेश परिषद बैठकबाट मन्त्रालयहरु कसरी बढाउने भन्ने बारेमा छलफल भएकोले प्रदेशमा मन्त्रालय कति रहने भन्ने एकिन भएर आएपछि मात्र त्यसैको आधारमा मन्त्री परिषद बिस्तार हुने राईको भनाई छ ।

Facebook Comments
Show More

Related Articles