nirantarkhabarखेलकुदसमाचार

महिला टी–ट्वेन्टी क्रिकेटमा नेपालको लगातार दोस्रो जित

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

२९ पुष । थाइल्याण्ड महिला टी–२० स्म्यास क्रिकेट प्रतियोगितामा नेपाल लगातार दोस्रो बिजयी भएको छ । आइतबार भएको खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनल नजिक समेत पुगेको छ ।

थाइल्याण्ड क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १९ ओभर तीन बलमा ६१ रनमा अलआउट भयो । जवाफमा नेपालले १६ ओभर दुई बलमा चार विकेट गुमाउदै लक्ष्य पूरा र्गयो । शनिबारबाट थाइल्याण्डको एशिया इन्स्टिच्यूट अफ टेक्नोलोजी मैदानमा भएको उद्घाटन खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै विजयी शुरुआत गरेको थियो ।

थाइल्याण्ड क्रिकेट एसोसियसनको आयोजनामा जारी प्रतियोगिताको समूह ए मा रहेको नेपालले तेस्रो खेलमा सोमबार युएई र बुधबार थाईल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

Facebook Comments
Show More

Related Articles