मनोरञ्जनसमाचार

हट गायिका ज्योती मगर सोध्छिन : होटलका जोडी पक्रने, निर्मला पन्तका हत्यारा पक्रन नसक्ने ?

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पुष २९ हट गायिका ज्योती मगरले निर्मला पन्तका हत्यारा पक्राउ गर्न नसक्ने प्रहरीले होटलमा बसेका जोडीलाई बिनासित्ती पक्रने गरेको भन्दै आलोचना गरेकी छिन् । ठूलाबडाले ठूला–ठूला तारे होटलमा मोज मस्ती गर्दा वेवास्ता गर्ने प्रहरीको ध्यान सामान्य जोडीलाई पक्रनेमा मात्रै जाने गरेको भन्दै उनले प्रहरीमाथि व्यंग्यवाण प्रहार गरेकी छिन् । बलात्कार गर्नेलाई पक्राउ गर्न नसक्ने तर सहमति गरेर होटल बसेका जोडीलाई पक्रेर वहादुरी नठहरिने उनको संकेत थियो ।

सहमतिमा बसेका जोडीलाई दुःख दिने अधिरका प्रहरीसँग नभएको उनको तर्क थियो। चौथो अर्घाखाँची महोत्सवमा आफ्नो प्रस्तूति दिन पुगेकी ज्योतीले प्रहरीको खुलेरै आलोचना गरेकी हुन् ।
लोक संगीतलाई छाडा बनाउने आरोप खेपिरहेकी ज्योतीले स्टेजमा रमाइलो गर्दा कसरी छाडा हुन् भन्दै मानिसको सोचाइ अनुसार शब्दको व्याख्या हुने बताइन्। ।

Facebook Comments
Show More

Related Articles