समाचार

पुलिसलाई गोली ठोक्न खोज्ने तस्कर आँफै मारिए

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पुष २९
रुपन्देहीमा प्रहरीलाई गोली हान्न खोज्ने तस्करको जवाफी कारवाहीमा मृत्यु भएको छ । घटनामा एक जना प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर १० शंकरपुरमा गस्तीमा रहेको प्रहरीमाथि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार तस्करले गोली हानेपछि जवाफी कारवाहीमा एकजनाको मृत्यु भएको हो । उनको सनाखत भएको छैन ।

तस्करको गोली लागेर प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएको प्रहरीले बताएको छ । श्रेष्ठको बायाँ पाखुरामा गोली लागेको छ । प्रहरीले घटनास्थलबाट अटोमेटिक लोडेड पेस्तोल तथा उनले प्रयोग गरेको यूपी ५३ एच २०२८ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ ।

Facebook Comments
Show More

Related Articles