समाचारसमाज

ट्रिपरले लियो बालकको ज्यान

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पुष २९

महोत्तरीमा टिप्परकाे  ठक्करबाट  एक बालकको ज्यान गएको छ ।

सम्सी गाँउपालिका २ पर्सामा ना ७ ख ६४२७ नम्बरको टिप्परको ठक्करबाट स्थानीय ९ वर्षीय शेख सदावको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । आइतबार बिहान ७ बजे गौशालाबाट सम्सीतर्फ जाँदै गरेको टिप्परले बालक सदावलाई ठक्कर दिएको थियो ।

ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालकको शवलाई पोष्टमार्टमको लागि जलेश्वर पठाउने तयारी भैरहेको प्रहरी निरीक्षक किशोर अचार्यले जानकारी दिनुभयो ।

Facebook Comments
Show More

Related Articles