nirantarkhabarखेलकुदसमाचार

फाल्गुनन्द गोल्डकपको उपाधिका लागि आर्मी र झापा–११ भिड्ने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पाँचथर । पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकपको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र झापा–११ भिड्ने भएका छन । दोस्रो सेमिफाइनलमा भारतको रोयल एफसी क्लब दार्जि्लिङलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मी फाइनल प्रवेश गरेसँगै फाइनल खेल्ने २ टीमको टुङ्गो भएको हो ।

स्थानीय फिदिम माविको खेलमैदानमा शनिबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा भारतको रोयल एफसी क्लब दार्जि्लिङलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलमा झापा ११ सँगको भेट पक्का गरेको हो । यस अघि शुक्रबार भएको पहिलो सेमिफाइनलमा खेलमा झापाले सरस्वती क्लब काठमाण्डौविरुद्ध १–० को जित दर्ता गर्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

उपाधिका लागि आर्मी र झापा–११ बीचको खेल सोमबार हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टिमले आकर्षक ट्रफीसहित नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले २ लाख पाउनेछ ।

Facebook Comments
Show More

Related Articles