समाचार

रुखबाट खसेर २ जनाको ज्यान गयो

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पुष २८
सुनसरी र इलाममा रुखबाट लडेर २ जनाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा रुखबाट लडेर शनिबार ४८ वर्षिय दुर्गा बहादुर गुरुङको मृत्यू भएको प्रहरीले जनाएको छ । छोरी तनिसा गुरुङसँगै जंगलमा घास काट्न गएका दुर्गाबहादुर अन्दाजि ४० फिट माथि कुम्बिको रुख बाट लड्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी ईलामको फाकफोकथुम गाउपालिका–५ लुम्देमा रूखबाट लडेर १५ वर्षिय सन्तोष भन्ने फुङनाम लिम्बुको मृत्यु भएको छ । पाङग्रा भन्ने फल टिप्न चढेका लिम्बु रुखको हागा भाच्चीएर भुइमा झर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

Facebook Comments
Show More

Related Articles