nirantarkhabarसमाचार

कानुनमन्त्रीद्वारा बेलबारी ९ को अस्थाई प्रहरी चौकी निरिक्षण

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पुष २८
कानुन न्याय तथा संसदिय मामिला मन्त्री भानुभक्त ढकालले बेलबारी ९ मा भर्खरै स्थापना भएको अस्थाई प्रहरी चौकी डाँगाबजारको शनिबार निरिक्षण गरेका छन् । केही दिन अघिबाट स्थापना भएको प्रहरी चौकीको मन्त्री ढकालले निरिक्षण गरेका हुन् । मन्त्री ढकालले चौकीमा अब दरबन्दी थप्ने र आफ्नै भवन निर्माण गर्न आफ्नो तर्फबाट आवश्यक सहयोग गरिने बताए । बेलबारी ९ का वडाध्यक्ष नगेन्द्र खड्काले चौकी आवश्यक छ भनेर पटक पटक आफ्नो ध्यानाकर्षण गराएको स्मरण गर्दै अब दरबन्दी थप गर्ने र चौकीको आफ्नै भवन निर्माण गर्ने विषयमा पनि लाग्न आग्रह गरे । निरिक्षणका क्रमम प्रदेश सांसद राजकुमार ओझा,बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी केदार रिजाल, जिल्ला प्रहरी मोरङका प्रमुख एस पी मनोज कुमार के.सी. लगायत सहभागी थिए । मन्त्री ढकालले शनिबार नै बेलबारी ९ मा रहेको स्वास्थ्य चौकीको पनि निरिक्षण गरेका छन् ।

Facebook Comments
Show More

Related Articles