समाचार

बेलबारीमा आएर कानुनमन्त्री ढकालले भने : वाइडवडी विमानबारे सबै रेकर्ड हेरिन्छ , ८ अरब भुक्तानी हुँदा पर्यटन मन्त्रालय देउवाको जिम्मामा थियो

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पुष २८
कानुन न्याय तथा संसदिय मामिला मन्त्री भानुभक्त ढकालले वाइडबडी विमान खरिद अनियमितताका विषयमा सबै रेकर्डहरु एक एक हेरिने बताएका छन् । बेलबारी नगरपालिका ९ नम्बर वडा कार्यालयमा आज आयोजित मन्त्री ढकालसँग जनताको भेटघाट तथा अन्तरकृया कार्यक्रममा बोल्दै ढकालले वाइडबडी खरिद प्रकृया अन्तर्गत ८ अरब रुपैयाँ भुक्तानी हुँदा तत्कालिन प्रधानमन्त्री शेरवहादुर देउवाको जिम्मामा पर्यटन मन्त्रालय रहेको पनि स्मरण गराए ।सबै एक एक छानविन गरेर दोषीलाई सरकारले कारवाही गरेरै छाड्ने ढकालले बताए । सरकारले भ्रष्टाचार विरुद्ध सुन्य सहनशिलताको निति अपनाएकाले भ्रष्टाचारमा संलग्न कोही पनि उम्कन नपाउने तर निष्पक्ष छानविन र यथार्थ बुझेपछि मात्रै कारवाही हुने मन्त्री ढकालले स्पष्ट पारेका छन् ।

मन्त्री ढकालले कुन समयमा को को मन्त्री थिए र कसको पालामा के के भयो भन्ने कुराहरु सबै रेकर्डमा भएकाले यसको बारेमा सबै छानविन हुने स्पष्ट पारे । ‘सबै कुराका प्रमाण रेकर्डहरु छन् ।’ मन्त्री ढकालले भने ‘यी सबै कुराको बारेमा छानविन गर्न कै लागि समिति बनेको छ । यथार्थ वाहिर आउँछ ।’मेडीकल शिक्षामा सुधार गर्नुपर्ने भन्दै अनसनमा रहेका डाक्टर गोविन्द केसीको सबै जसो माग सम्बोधन भैसेकेकाले अनसन बसिरहनुको औचित्य नरहेको पनि ढकालले बताउनुभएको छ ।
बेलबारी ९ मै आदिवासी संग्रहालय बन्छ ,भाउन्ने-आमतोला सडकलाई पैसा कमी हुँदैन
मन्त्री ढकालले भाउन्ने आमतोला सडक पिचको काम अघि बढ्नेमा ढुक्क हुन पनि सबैलाई आग्रह गर्नुभयो । ‘नगर,प्रदेश र संघबाट गरी ४ करोड ४० लाख रुपैयाँको बजेट हुन्छ ।’ ढकालले भने‘रकम नपुगेर बाटो बनेन भन्ने अवस्था रहँदैन् ।बरु काम चै चाँडो सूरु गर्नुहोस ।’ लक्ष्मीमार्ग सोराभाग सडक पनि पिच हुने मन्त्री ढकालले बताउनुभयो । मन्त्री ढकालले वार्डनम्बर ९ मै आदिवासी संग्रहालय बन्ने पनि स्पष्ट पार्नुभएको छ । ७० लाख रुपैयाँ सम्म रकम आउँने भएकाले आवश्यकता अनुसारको संरचना निर्माणमा लाग्न पनि उनले आग्रह गरे । आवश्यक परेमा अरु रकम बढाउन सकिने पनि ढकालले बताए ।
वडाध्यक्ष खड्काद्वारा वडाबासीको आवश्यकता र विकास निर्माणका अपेक्षाबारे जानकारी


बेलबारी ९ का वडाध्यक्ष नगेन्द्र खड्काले विभिन्न वडाबासीको आवश्यकता र विकास निर्माणका अपेक्षाबारे जानकारी गराउँदै आवश्यक सहयोग र भुमिकाका लागि मन्त्री ढकाललाई आग्रह गरेका छन् । खड्काले हुलाकीमार्ग ओझेलमा परेकाले यसको काम प्रभावकारिता लागि भुमिका निर्वाह गरिदिन आग्रह गरे । खानेपानीको योजनाको सर्वे भएर फाइनल रिपोर्ट आउने क्रममा रहेको र प्रदेश सरकारबाट ९० लाख रुपैयाँ विनियोजन भएकोमा योजना निरन्तरताका लागि सहयोग गरिदिन पनि उनले आग्रह गरे । २० करोड बजेट लाग्ने भएकाले पञ्चवर्षिय योजनामा राख्ने विषयमा पहल गरिदिन उनको आग्रह थियो । वडाकार्यालय अगाडीको क्षेत्रमा डुवान समस्या समाधान र युवा तथा खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रममा सहयोग पुर्याइदिन पनि वडाध्यक्ष खड्काले आग्रह गरे ।

सहभागी मध्ये वार्डनम्बर १० का वासिन्दा शंकर गुरुङ लगायतले मन्त्री ढकाल समक्ष विभिन्न जिज्ञासा राखेका थिए । कार्यक्रममा प्रदेश सांसद राजकुमार ओझा, बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी,उपप्रमुख ढाका पराजुली, नेकपाका नेता गोपी अछामी, नेकपा बेलबारीका संयोजक इरन राई लगायत पनि सहभागी थिए ।

Facebook Comments
Show More

Related Articles