बिबिधसमाचारसमाज

आदिवासी अधिकार तथा नेपालको संबिधान २०७२ सम्बन्धि अन्तरक्रिया कार्यक्रम संपन्न

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी ।
मोरङको बेलबारी २ मा आदिवासी अधिकार तथा नेपालको संबिधान २०७२ सम्बन्धि अन्तरक्रिया कार्यक्रम संपन्न भएको छ । आदिवासी जनजाती महासंघ समन्वय परिषद बेलबारी वडा नं २ को आयोजनामा अन्तरक्रिया कार्यक्रम संपन्न भएको हो ।

बेलबारी २ मा अवस्थित कबीर मन्दीरमा संपन्न कार्यक्रममा वडाका झण्डै १ सय आदिवासीको उपस्थिति रहेको थियो । मानव अधिकारकर्मी तथा आदिवासि जनजाती अभियानकर्ता गोपाल देवान र धिमाल जाति बिकास अध्यक्ष केदार धिमालले कार्यक्रममा उपस्थित स्थानीयहरुलाई आदिवासी अधिकार तथा नेपालको संबिधान २०७२ को बिषयमा सहजिकरण गरेका थिए ।

आदिवासी जनजाती महासंघ समन्वय बेलबारी नगर परिषद अध्यक्ष तिलक प्रसाद राईको प्रमुख आतिथ्यतामा संपन्न कार्यक्रमको सभापति आदिवासी जनजाती महासंघ समन्वय परिषद बेलबारी वडा नं २ अध्यक्ष रंजित गुरुङ रहेका थिए ।

वडा कार्यलयले विनियोजित गरेको रकमले कार्यक्रमको आयोजना गरेको आदिवासी जनजाती महासंघ समन्वय परिषद बेलबारी वडा नं २ अध्यक्ष गुरुङले बताए ।

Facebook Comments
Show More

Related Articles