खेलकुदसमाचार

झापा–११ फाल्गुनन्द गोल्डकपको फाइनलमा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पाँचथर । पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनल चरणमा झापा–११ प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा झापाले सरस्वती क्लब काठमाण्डौविरुद्ध १–० को जित दर्ता गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

स्थानीय फिदिम माद्यमिक बिद्यालयको खेल मैदानमा शुक्रबार सम्पन्न खेलको ५३ औं मिनेटमा डिफेन्डर देवेन्द्र तामाङको लामो फ्रिकिकिलाई क्याप्टेन कर्ण लिम्बूले हेडमार्फत गोल गरेका हुन् ।

प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा शनिबार त्रिभुवन आर्मी क्लब र रोयल एफ्सी दार्जि्लिङ प्रतिस्पर्धा हुनेछ ।

Facebook Comments
Show More

Related Articles