समाचार

बेलबारी जेसिजको सम्मान तथा पुरस्कार

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पुष २७
बेलबारी जेसिजले युवा व्यवसायी एवम् सामाजिक व्यक्तित्व केदार अधिकारीलाई मानार्थ सदस्यता प्रदान गरेको छ । अन्य दूई जनालाई पुरस्कृत समेत गरेको छ । शुक्रबार आयोजित तेस्रो पदस्थापन कार्यक्रममा अधिकारीलाई मानार्थ सदस्यता प्रदान गरिएको हो । कार्यक्रममा बेलबारी जेसिजका संस्थापक अध्यक्ष माधवराज थापा र वर्ष २०१८का अध्यक्ष राजन प्रसाईले मानार्थ सदस्यताको प्रमाणपत्र अधिकारीलाई प्रदान गर्नुभएको थियो । बेलबारी जेसिजबाट मानार्थ सदस्यको सम्मान पाउने अधिकारी पहिलो व्यक्ति हुन् । अधिकारी शिक्षा क्षेत्रका साथै विभिन्न व्यवसायमा पनि संलग्न हुनुहुन्छ । अधिकारी बेलबारी ३ स्थित गूरुकुल पाठशालाका अध्यक्ष हुनुहुन्छ ।
यस्तै जेसिजले वर्ष २०१८ मा कार्यक्रम संयोजनमा उत्कृष्टता प्रदर्शन गरेका प्रशान्त निरौलालाई उत्कृष्ट कार्यक्रम संयोजक अवार्ड र भुवन कार्कीलाई जेसिज सक्रिय सदस्य अवार्ड प्रदान गरिएको छ ।

Facebook Comments
Show More

Related Articles