nirantarkhabarबिबिधसमाचारसमाज

जग्गा कित्ताकाट खुला

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

२७ पुष, काठमाडौं । गत वर्ष साउन २६ गतेदेखि बन्द भएको जग्गाको कित्ताकाट खुला गरिएको छ । जग्गाको कित्ताकाट शुक्रबारबाट खुला भएको हो ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले पत्रकार सम्मेलन गरेर जग्गाको कित्ताकाट खुला गरिएको जानकारी दिएकी हुन् । ‘अघिल्लो निर्णयलाई पुनरावलोकन गरिएको छ’, पत्रकार सम्मेलनमा मन्त्री अर्यालले भनिन, ‘घर व्यवहार नै रोकिएको भन्ने जनगुनासो आएपछि निर्णयको पुर्न्विचार गरिएको छ ।’

अर्यालले उक्त निर्णय तत्कालका लागि पुनरावलोकन गरिएको भने प्रष्ट पार्दै कृषि योग्य जमिनको हकमा भने कित्ताकाट गर्न नपाइने बताएकी छन् । ‘खेतीयोग्य जग्गा कुनै प्रकारले प्लटिङ गरी घरेडीको रुपमा कित्ताकाट गरी बिक्री वितरण गर्न वा हक हस्तान्तरण गर्नेगरी लिखत पास गरिने छैन’, उनले भनिन् । खेतियोग्य जमिन भए नभएको पहिचान भने स्थानीय तहले गर्नेछ । त्यसका लागि स्थानीय तहमा प्राविधिक जनशक्ति पठाइने मन्त्री अर्यालको भनाइ छ ।

कित्ताकाट खुला गर्ने निर्णय अस्थायी भएकोसमेत मन्त्री अर्यालको भनाइ छ । दीर्घकालीन रुपमा ऐनबाटै जग्गाको वर्गीकरण गरी व्यवस्थापन गरिने उनले प्रष्ट पारिन् ।

Facebook Comments
Show More

Related Articles