बिबिधसमाचार

मोबाइलको ब्याट्री पड्किदा बालकको ज्यान गयो

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

विराटनगर, २७ पुस । मोवाईलको ब्याट्री पड्कीएर बिराटनगर महानगरपालिका १५ रामजानकी टोलमा एक बालकको ज्यान गएको छ । मोवाइलको ब्याट्री पड्कदा सुभाष मण्डलको ११ बर्षीय छोरा अमित मण्डलको मृत्यु भएको हो ।

उक्त घटनामा सोही स्थानका राजेश मण्डलको ६ बर्षीया छोरी राधिका मण्डल घाईते भएकी छिन् । शुक्रबार दिउँसो दुवै जना बालबालिकाहरु घर नजिकै परालको आगो तापिरहेको अबस्थामा उनीहरुले नै बाटोमा भेट्टाएको मोवाइलको ब्याट्री आगोमा हाल्दा पड्कन गई दुवै जना गम्भीर घाईते भएका थिए ।

घाईतेहरुलाई उपचारको लागि तत्काल कोशी अञ्चल अस्पताल बिराटनगर लगिएकोमा उपचारकै क्रममा मण्डलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । घाईतेको कोशी अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।

Facebook Comments
Show More

Related Articles