nirantarkhabarसमाचारसमाज

नेविसंघका ८ पदाधिकारीले दिए राजीनामा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार पार्टी सभापति शेरबहादुर देउवा समक्ष राजिनामा बुझाएका हुन् ।

राजिनामा बुझाउनेमा उपाध्यक्षहरु पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र अच्युतराज कलौनी रहेका छन् ।

वर्तमान कार्यसमितिले १२ औं महाधिवेशन गर्न नसक्ने देखिएपछि निकास दिन राजिनामा गरिएको असन्तुष्ट नेताहरुले जानकारी दिएका छन् ।

Facebook Comments
Show More

Related Articles