समाचार

पृथ्वीजयन्ती मनाइदै,इटहरीमा डा.सुरेन्द्र केसी र डा. राजेश अहिराज सहित सहभागी कार्यक्रम हुने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पुष २७
आधुनिक नेपाल एकीकरणकर्ता एवम् राष्ट्रनिर्माता मानिे पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै छ । यो दिनलाई एकता दिवसको रुपमा पनि मनाइन्छ ।

गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।

यद्यपि, उनको आलोचना पनि उत्तिकै हुने गरेको छ । आलोचकहरुले एकल जाति–नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व स्थापित गरेको भन्दै उनी राष्ट्र निर्माता नभएको तर्क गर्ने गरेका छन् ।

लोकतन्त्रपूर्व राष्ट्रिय एकता दिवस सरकारी तबरबाटै मनाउने गरिन्थ्यो । तर, पछिल्ला केही वर्षदेखि सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती मनाएको छैन । दिइँदै आएको सार्वजनिक बिदासमेत सरकारले कटौती गरेको छ । यद्यपि, केही स्थानीय तहहरुले भने आज सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

सरकारी तबरबाट पृथ्वी जयन्ती नमनाइए पनि केही दल र संघ–संस्थाहरुले स्वतःस्फुर्त रुपमा पृथ्वी जयन्ती मनाउँदै आएका छन् । यस वर्ष पनि राप्रपालगायतका दलहरुले विविध कार्यक्रम गरेर पृथ्वी नारायण शाहको स्मरण गर्ने तयारी गरेका छन् ।

इटहरीमा  कार्यक्रम

इटहरीमा पृथ्वी नारायण शाहको जन्मदिनको अवसरमा आज कार्यक्रम हुने भएको छ ।
राष्ट्रिय एकता दिवसको रूपमा पृथ्वी जयन्ती मनाउन इटहरीमा सुवर्णबहादुर थापाको नेतृत्वमा मूल आयोजक समिति बनाइएको छ । आज बिहान ११ बजे ब्यान्ड बाजा सहितको र्याली निकालेर पृथ्वी जयन्ती मनाइने मूल आयोजक समितिका सचिव राम खड्काले बताए ।
सचिव खड्काका अनुसार इटहरी बजार परिक्रमा गरेर इटहरीको धरानलाइनमा रहेको स्काइ प्लाजा अगाडि सार्वजनिक कार्यक्रम गरिने भएको छ ।

कार्यक्रमलाई छोटो सम्बोधन गर्न नेपाली राजनीति र वामपन्थी आन्दोलनका जानकार चर्चित प्राध्यापक डाक्टर सुरेन्द्र केसी र चिन्तक डाक्टर राजेश अहिराज आउनेछन् । २०६९ सालबाट इटहरीमा हरेक वर्ष पृथ्वी जयन्ती मनाउन थालिएको हो ।

Facebook Comments
Show More

Related Articles