समाचार

झापा र ललितपुरमा दुर्घटना २ जनाको ज्यान गयो

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पुष २६
झापा र ललितपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
झापा कन्काई नगरपालिका–३ सुरुङगा चम्पापुरस्थित सडकमा मे.५ प ९१९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २१ वर्षीय हप्पन मुर्मुको घटनास्थलमै मृत्यु भएको छ ।
यस्तै ललितपुर महानगरपालिका–१५ सातदोबाटो चोकस्थित सडकमा बा.४ ख ९८५१ नम्बरको टिपरले बा.९५ प ७१७८ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार काठमाडौं नैकाप बस्ने नुवाकोट घर भएका २० वर्षीय सुजन सुवेदीको मृत्यु भएको छ । दुर्घटनामा
गम्भीर घाइते भएका सुवेदीको बीएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक काठमाडौं नैकाप बस्ने सिन्धुली घर भएका ३८ वर्षीय अर्जुन खड्काको सोही अस्पतालमा उपचार भइरहेको छ । दुबै सबारी साधन र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments
Show More

Related Articles