समाचार

जापानमा नेपाली कामदार लैजाने प्रकृया चैतबाट सुरु हुने (भिडियो सहित)

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पुस २६

जापानका विदेशमन्त्री तारो कोनोले आउँदो चैतदेखि नेपाली कामदार जापान लाने गरी प्रक्रिया सुरु गर्न लागेको बताउनुभएको छ ।

नेपालको दुई दिने भ्रमणमा रहेका मन्त्री कोनोले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा नेपालबाट जापानमा कामदार लैजाने विषयमा अध्ययन गर्न आउँदो हप्ता जापानका प्रतिनिधि नेपाल आउने भन्दै चैतदेखि नेपाली कामदार जान पाउने बताउनुभएको हो ।

जापानले कृषि, मत्यपालन, औद्योगिक क्षेत्र र पर्यटन व्यवसायमा नेपालीसहित चिनियाँ, इन्डोनेशियालीलगायत आठ देशका नागरिकलाई अवसर दिने बताएको छ । जापानले विदेशी कामदारले गर्नुपर्ने कामका लागि १४ वटा क्षेत्र तोकेको छ । नर्सिङ केयर, रेस्टुरेन्ट, निर्माणलगायतका क्षेत्रमा विदेशी कामदारको माग बढी भएकाले जापान सरकारले यी क्षेत्रलाई बढी प्राथमिकता दिएको छ ।

पहिलो पाँच वर्षमा तीन लाख ४५ हजार एक सय ५० कामदारलाई जापान लैजाने नीति छ । यसमध्ये नेपाललाई कति संख्यामा कोटा दिने भन्ने टुंगो लागेको छैन । यसको टुङ्गो पनि प्राविधिक टोली आएपछि लाग्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालययले जनाएको छ ।

जापान सरकारको नयाँ नीति अन्तर्गत बहुसांस्कृतिक तथा सूचना केन्द्रहरु स्थापना हुने र यसले नेपालीसहित विभिन्न ११ वटा भाषामा विदेशी कामदारलाई परामर्श तथा अन्य आवश्यक प्रशासनिक सहायता प्रदान गर्ने छ ।

हेर्नुहोस भिडियो
जापानी विदेशमन्त्री र प्रधानमन्त्री ओलीविच भएको भेटमा नेपाली कामदार लैजाने लगायतबारे भएका कुराकानीबारे जानकारी दिनुहँदै प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई । (भिडियो साभार : प्रमका प्रेस संयोजक चेतन अधिकारीको फेसबुकबाट )

Foreign Affairs advisor to Rt. Hon'ble Prime Minister K.P. Sharma Oli Dr. Rajana Bhattarai informs media about this morning's visit of Foreign ministet Taro Kono at PM Oli's residence,Baluwatar.

Posted by Chetan Adhikari on Wednesday, 9 January 2019

Facebook Comments
Show More

Related Articles