nirantarkhabarखेलकुदसमाचार

स्वरस्वती क्लब फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा, डिफेन्डिङ च्यान्पियन सुनसरी–११ पराजित

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पुस २५, पाँचथर । रुष्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्यान्पियन सुनसरी–११ को यात्रा क्वाटरफाइनलबाटै समाप्त भएको छ । पाँचथरको फिदिममा जारी १० औं संस्करणको रुष्लान फाल्गुनन्द गोल्डकपको क्वाटरफाइनलमा सुनसरी–११ स्वरस्वती क्लब काठमाडौं सँग पराजित भएको हो ।

स्थानीय फिदिम माविको खेल मैदानमा बुधबार सम्पन्न क्वार्टरफाइनल खेलमा सुनसरीविरुद्ध सरस्वतीले २–१ गोल अन्तरको जित हात पारेकोे हो । जितसँगै सरस्वतीले भने अन्तिम ४ मा स्थान बनाएको छ ।

खेलको ७ औँ मिनेटमा सुनसरीका दिपेन तामाङले गोल गरे । खेलमा हाबी भएको स्वरस्वतीले ४ मिनेटको बीचमा २ गोल ग¥यो । उसका लागि विदेशी खेलाडी भिक्टरले ७६ औँ र ८० औँ मिनेटमा गोल गरे ।

प्रतियोगिता अन्तर्गत बिहीबार बिगे्रड ब्वाइज क्लब काठमाडौँ र रोयल एफसी दार्जि्लिङ भारतबीच खेल हुनेछ ।

Facebook Comments
Show More

Related Articles