समाचार

लेटाङमा विपिसँग सेल्फी

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पुष २५
केही दिनअघि मोरङको लेटाङमा कांग्रेस सभापति तथा पुर्वप्रधानमन्त्री शेरवहादुर देउवा सहित सहभागी एउटा कार्यक्रम आयोजना भयो । सन्दर्भ थियो नेपाल राष्ट्रिय मगर संघको १ नम्बर प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम । लेटाङको विपि चौकमा भएको कार्यक्रममा मानिसहरुको भिडभाड थियो । विपिचौकभन्दा केही मिटर पश्चिममा बनाइएको मञ्चमा पुर्वप्रधानमन्त्री देउवा, कांगे्रस सहमहामन्त्री एवम् पुर्व मन्त्री प्रकाशशरण महत,पुर्वमन्त्री मिनेन्द्र रिजाल लगायतले पालै पालो भाषण गरिरहनुभएको थियो । कांग्रेसजनको ध्यान त्यो मञ्चतिर हुनु त स्वाभाविक नै थियो । ति नै ठुला नेताहरु सम्झेर ठाउँठाउँबाट कांग्रेस नेता तथा कार्यकर्ता त्यहा भेला भएका थिए । कार्यक्रम स्थल नजिकै अर्को एउटा दृष्य पनि निकै घत लाग्दो थियो । मञ्चकै नजिकै रहेको चौकको मुख्य भागमा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपि कोइरालाको शालिक, शलिकसँगै नेपालको राष्ट्रिय झण्डा, कांग्रेसको विशेष कार्यक्रमको दिन भएकाले केही थान चारतारे झण्डा पनि । उता मञ्चमा नेताहरु भाषणमा व्यस्त रहँदा सो शालिकसँगै उभिएर सेल्फी खिच्ने र सामुहिक फोटो खिच्नेहरुलाई भ्याइ नभ्याई थियो । यसैपनि कांग्रेसलाई हुकाई बढाई गरेका नेता, देशकै प्रजातान्त्रिक आन्दोलन र अभियानका पनि सम्मानित व्यक्तित्व ,विपि कोइरालाको शालिक ।कांग्रेसजनका लागि गज्जवकै संयोग थियो । मगर पहिचान झल्कने पोशाकमा सजिएका तरुण तन्नेरी देखि आधुनिक पश्चिमा शैली पछ्याउने खालका ‘गेटअप’ मा रहेका युवाहरु विपिको शालिकसँगै फोटो खिच्न उत्सुक देखिन्थे । अँधबैसे र केस पाकीसेका वृद्धवृद्धाहरुले पनि शालिकसँगै फोटो खिच्न भ्याए ।


मञ्चमा बोल्ने नेताहरुले बेलाबेलामा गर्ने विपिको चर्चा र नजिकै ससम्मान निर्माण गरिएको विपिको शालिकसँगै पाउँदा धेरै व्यक्तिहरु नतमस्तक थिए । कानेपोखरीबाट लेटाङ पुगेका सुमन मंग्राती र उनका साथीहरुले पनि सेल्फी खिचे । धेरै जना एकैसाथ बसेर सामुहिक तस्विर पनि खिँचे । नयाँ जोश जाँगरले भरिला देखिने ती युवाहरुले पुराना नेता विपीको महत्व र योगदानलाई राम्रैसँग बुझेका रहेछन् । देशकैलाई चाहिने व्यक्तित्व, सम्मानित व्यक्तित्व भएकाले विपिको शालिकसँगै फोटो खिचिएको उनीहरुले । विपिको बारेमा उनीहरुले एकै साथ थपे,‘विपि महान व्यक्तित्व, प्रेरणाको व्यक्तित्व, उदाहरणिय नेता हुन्ह्न्छ ।देशको माटो सुहाउँर्दो विचारका प्रतिपादक हुनुहुन्छ । यसैले पनि हामीले विपिकौ शालिकसँगै धेरै फोटो खिच्यौं ।’ विपिलाई कांग्रेसको मात्रै भनेर बुझ्नु गलत हुनेमा ति युवाहरुको विशेष जोड थियो । विपि सिंगो देश र सारा नेपालीका लागि लडेको महान व्यक्तित्व भएको उनीहरु बताउँछन् ।
समाज र राजनितिक पार्टीमा लामो समय व्यतित गरेका व्यक्तिहरु पनि विपिको शालिकसँगै फोटो खिँच्न व्यस्त थिए । धेरै जनाले हुल बाँधेरै पटक पटक फोटो खिचाए । नेपाली कांग्रेस पार्टीमै रहेर काम गर्दै दशकौ विताएर केश पकाइसक्नुभएका महेन्द्र सुवेदीले पनि आफ्ना दामले सहित युवाहरुसँगै पनि बसेर पनि धेरै फोटोहरु खिचे । विपिलाई विर्सने अवस्था आउने हो की भन्ने चिन्ता बढिरहेका बेला लेटाङमा बनाइएको विपिको शालिकसँगको फोटो सामाजिक सञ्जालमा हाल्ने योजना सहित फोटो खिचिएको सुवेदी बताउनुहुन्छ । ‘विपि कोइरालाको योगदान र महत्व बुझाउन अहिले पनि आवश्यक छ ।’सुवेदीले भन्नुभयो,‘अहिलेको सन्दर्भमा विपिको विचारको सान्दर्भिकता बढिरहेको छ । देशविदेशमा उहाँको महत्व बुझाउन सकियो भनेर पनि फोटो खिचिएको हो । सामाजिक सञ्जालमा हालेर देशविदेशमा प्रचार गर्ने हामीले सल्लाह नै पनि गर्यौं ।’
दल वा दलिय राजनिति आआफ्नै ठाउँमा रहन्छ । दलिय आवद्धता सहित कोही व्यक्तिले देश र समाजका लागि दिएको योगदान भने साझा हुन्छ । त्यसमा सबैको अपनत्व महसुसस हुन्छ । विपि पनि त्यस्तै व्यक्ति हुनुहन्छ । जस्लाई कंक्रिट शालिकमा सिमित राख्ने र योगदान विर्सदै जाने हैन । उहाँले दिएको मार्गदर्शनलाई पहिल्याउन र योगदानको स्मरणलाई जिवित राख्न सक्नुपर्छ भन्नेमा फोटो खिच्नेहरु एकमत देखिन्थे ।

Facebook Comments
Show More

Related Articles