खेलकुदबिबिधसमाचारसमाज

बुधबारे गोल्ड कपको उपाधि धरानलाई

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

हरि कोइराला
लेटाङ(मोरङ) २४ पुस । धरान फुटबल क्लब २–१ गोलले डाँगिहाट फुटबल क्लबलाई हराउदै मोरङको लेटाङमा भएको प्रथम बुधबारे गोल्ड कपको उपाधि चुम्न सफल भएको छ । मङ्गलबार लेटाङ–२को बुधबारे खेल मैदानमा भएको फाइनल खेलमा धरानले उपाधि जित्दा डाँगीहाट फुटबल क्लव उप विजेता बनेको हो । जितसँगै धरानले १ लाख १ हजार नगद सहित गोल्ड कप र प्रमाण पत्र हात पारेको छ भने उप विजेता डाँगिहाट फुटबल क्लवले ५० हजार १ सय सहित ट्रफि र प्रमाण पत्र जित्यो ।
धरान फुटबल क्लवको जितका लागि विटु तामाङले खेलको १७ औं मिनेटमा गोल गरे । मैदानको मध्य भागबाट सुजन शर्माले दिएको पासलाई सदुपयोग गर्दै तामाङले गोल गरोक थिए ।
पूर्वाद्र्धमा १–०ले पछि परेको डाँगीहाट फुटबल क्लवले उत्तराद्र्धमा केही सम्हालिएर खेलेको थियो । केही राम्रा अबसर पाए पनि डाँगीहाटका लागि धरानका गोल रक्षक प्रविन लिम्बू बारम्वार बाधक बनेका थिए । रक्षात्मक देखिएको धरानले ६५ औं मिनेटमा प्रत्याक्रमण गर्दै १ गोल थप्यो । धरानका मिलन राईले उत्कृष्ठ गोल गर्दै टिमलाई २–० को स्थितिमा पु¥याएका थिए । खेलको ६६ औं मिनेटमा घरेलु दर्शकको भरपुर समर्थन पाएको डाँगीहाट क्लवले सान्त्वना गोल फर्कायो ।सान्त्वना गोल निरज बस्नेतले फर्काए । अन्तिम तिर खेलमा फर्कन प्रयास गरेको डाँगिहाटले उत्कृष्ठ खेल पस्के पनि थप गोल गर्न सकेन र उप विजेतामा चित्त बुझायो ।
फाइनल खेलको म्यान अफ द म्याच र हाइ स्कोररको उपाधि धरानका मिलन राईले पाए । यस्तै उत्कृष्ठ गोल रक्षकको उपाधि धरानका प्रविन लिम्बूले हात पारे । यस्तै अनुशासित खेलाडीको उपाधि धरानका वर्तमान राईले जिते । प्रतियोगिताको उत्कृष्ठ खेलाडीको उपाधि डाँगीहाट गोल्ड कपका अरुण लिम्बूले पाए ।
प्रतियोगिताका विजेता तथा उप विजेता टिमलाई लेटाङ नगरपालिकाका प्रमुख शङ्कर राई र उप प्रमुख कृष्णकुमारी निरौला र वडा नं. २ का वडाध्यक्ष तेजप्रसाद तिमिसनाले पुरस्कार र प्रमाण पत्र प्रदान गर्नुभयो । टुर्वोग वियरले प्रायोजन गरेको प्रतियोगितालाई नगरपालिकाले १ लाख ५० हजार रुपियाँ सहयोग गरेको थियो ।
प्रतियोगिताको आयोजना एकता स्पोर्टस क्लबले गरेको हो ।

Facebook Comments
Show More

Related Articles