nirantarkhabarखेलकुदसमाचार

फ्रेन्ड्सले मनाङलाई रेकर्ड बनाउन दिएन

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पुस २४, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा सबै खेल जितेर रेकर्ड बनाउने दाउमा रहेको मनाङ मर्स्याङ्दी क्लबलाई अन्तिम खेलमा फ्रेन्ड्स क्लबले पराजित गरेको छ । लिगको अन्तिम खेलमा उसले फ्रेन्ड्ससँग १–० को हार व्यहोर्यो ।

जसले गर्दा मनाङ लिगका सबै खेलमा शतप्रतिशत नतिजा निकालेर उपाधि जित्ने कीर्तिमान बनाउनबाट चुक्यो ।
सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा मनाङ अन्तिम खेलमा तुलनात्मक रुपमा कमजोर टिम फ्रेन्ड्ससँग पराजित भयो । फ्रेन्ड्सले अन्तिममा गोल गर्दै मनाङविरूद्ध अग्रता बनायो । उसका लागि विकाश लामाले हेडर गोल गरे ।

हारपछि मनाङले १३ खेलबाट ३६ अंक बनाउँदै लिग टुंग्याएको छ । मनाङले अन्तिमका २ खेल अघिनै उपाधि भने जितिसकेको थियो । लिगको विजेता मनाङले ५० लाख रुपैयाँ पुरस्कार पाएको छ । दोस्रो स्थान सुरक्षित गरेको संकटाले ३५ लाख, तेस्रो भएको थ्रीस्टारले २५ लाख, चौथो भएको त्रिभुवन आर्मीले १५ लाख, पाँचौं भएको एपीएफले ७ लाख र छैटौं भएको नेपाल पुलिसले ५ लाख रुपैयाँ पुरस्कार पाए।

Facebook Comments
Show More

Related Articles