nirantarkhabarखेलकुदसमाचार

त्रिभुवन आर्मी फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पुस २४, पाँचथर । त्रिभुवन आर्मी क्लब फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा आयोजकलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पाँचथरको सदरमुकाम फिदिममा जारी १० औै संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा आर्मीले आयोजक फिदिम स्पोर्टिङविरुद्ध टाइब्रेकरमा ४–१ गोल अन्तरको जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

मंगलबार स्थानीय फिदिम माद्यमिक बिद्यालयको खेल मैदानमा सम्पन्न क्वार्टरफाइनल खेल निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेलको नतिजा टाइब्रेकरबाट निकालिएको हो । खेलको ३० औँ मिनेटमा राजिब गुरुङको गोलबाट आर्मीले अग्रता लिएको थियो । १ गोलले पछि परेको अवस्था उल्टाउँदै फिदिमले २ मिनेटको बीचमा २ गोल र्गयो ।

६९ औँ मिनेटमा शरण बस्नेत र ७० औँ मिनेटमा विदेशी खेलाडी स्टाफानले गोल गर्दै टिमलाइ २–१ को अग्रता दिलाए । २–१ ले पछि परेको आर्मीले आक्रामक खेल प्रदर्शन गर्दै ७२ औँ मिनेटमा बराबरी गोल र्गयो । आर्मीका लागि राजिब गुरुङले नै बराबरी गोल गरे र खेल टाइब्रेकरमा गयो ।

टाइब्रेकरमा आर्मीका एरिक बिष्ट, राजिब गुरुङ, राजेश पौडेल र गोल किपर विश्वास चौधरीले गोल गरेका थिए । फिदिमका तर्फबाट प्रबिन जवेगुको प्रहारमात्र गोलमा परिणत भयो । ओम बिक्रम घले र शरण बस्नेतको प्रहार आर्मीका गोलकिपर विश्वास चौधरीले बचाए ।

Facebook Comments
Show More

Related Articles