nirantarkhabarबिबिधशिक्षा-स्वास्थ्यसमाचारसमाज

सहयोगि हातहरु संस्थाले गर्याे अक्षय कोषको लागि रकम प्रदान

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी, पौष २३ ।
बेलबारी २ मा रहेको सहयोगि हातहरु नामक संस्थाले २ वटा बिद्यालयमा रहेको अक्षय कोषको लागि रकम प्रदान गरेको छ । सहयोगि हातहरु संस्थाले सोमबार बेलबारी २ मा रहेको कबीर माद्यमिक बिद्यालयलाई ६६ हजार ६ सय ६६ रुपैयाँ र शिंहदेवी आधारभुत बिद्यालयलाई ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेको हो ।

उक्त रकम संस्थाले बिद्यालयमै पुगेर कबीरका प्रध्यानाध्यापक दुर्गा प्रसाद गौतम र शिंहदेवीका प्रध्यानाध्यापक हरि कार्कीलाई हस्तान्तरण गरेको संस्थाका कार्यक्रम संयोजक बिपिन श्रेष्ठले जानकारी दिए ।

कोषमा जम्मा भएको रकमको ब्याजले बार्षिक रुपमा गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिने बताइएको छ ।
संस्थाले गएको तिजको अवसरमा तीज बिषेश साँस्कृतिक कार्यक्रम तथा स्रस्टा सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त कार्यक्रमबाट बचेको रकम गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिने उद्देश्यले बिद्यालयलाई प्रदान गरिएको संस्थाले जनाएको छ ।

Facebook Comments
Show More

Related Articles