खेलकुदबिबिधसमाचारसमाज

पथरीमा राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

हरि कोइराला
पथरीशनिश्चरे २२ पुस । फ्रेण्डसीप चेस क्लवले मोरङको पथरीशनिश्चरेमा राष्ट्रब्यापी प्रथम खुला राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता–२०७५ को आयोजना गर्ने भएको छ ।
माघ ३ गते देखि प्रतियोािगतामा देशभरका एक सय ५० जनाभन्दा बढी राष्ट्रिय तथा खेलाडीहरुले सहभागिता जनाउने क्लवका अध्यक्ष अमिर राईले जानकारी दिनुभयो। प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपियाँ नगद र ट्रफि प्रदान गरिने छ । यस्तै दोस्रो, तेस्रो, चौथो, पाँचौ स्थान प्राप्त गर्नेलाई क्रमशः ४० हजार ३०हजार २० हजार र १५ हजार नगद, ट्रफी, प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगिता विभिन्न समूहमा वर्गीकरण गरी ३९ जनालाई नगद पुरस्कार प्रदान गरिने छ , अध्यक्ष राईले भन्नुभयो । राईका अनुसार पुरस्कारमा नगद तीन लाख ४० हजार खर्च हनेछ । प्रतियोगिता सम्पन्न गर्न सात लाख ५० हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।
खेल स्वीस लिगका आधारमा खेलाइने छ । प्रतियोगितामा नेपाल च्याम्पियन मदन कायस्थ, पूर्व नेपाल च्याम्पियनहरु बद्रीलाल नेपाली, केशव श्रेष्ठ, सुरवीर लामा, मनिष हमाल लगायतका खेलाडीहरु समेत प्रतिस्पर्धाका लागि आउने पक्का भएको क्लवका अध्यक्ष राईले बताउनु भयो ।

Facebook Comments
Show More

Related Articles