अर्थबिबिधसमाचारसमाज

बैदेशिक रोजगारमा जानेको सङ्ख्या ह्वात्तै घट्यो

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

निरन्तर खवर डेक्स
बेलबारी(मोरङ) २२ पुस । मलेसियाका लागि श्रम स्वीकृति रोकिएपछि वैदेशिक रोजगारीमा जानेको संख्या हृवात्तै घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु वर्षको ५ महिनामा झण्डै ५ गुणाले कम युवाहरू बैदेशिक रोजगारमा गएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी भोलानाथ गुरागाईले बताउनु भयो ।
चालु आर्थिक वर्षको पाँच महिना अर्थात साउनदेखि मंसिर सम्ममा करिब एक लाख नेपाली कामदारमात्रै वैदेशिक रोजगारीमा गएका छन् । अघिल्लो वर्षको सोही अवधिमा ४ लाख ८९ हजार ५ सय ५४ जनाभन्दा बढी वैदेशिक रोजगारीमा गएका थिए । चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म कुल ९९ हजार ३ सय ७५ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा पुरुषतर्फ ८७ हजार ५ सय ७४ र महिलातर्फ ११ हजार ८ सय १ जना रहेका छन् । अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को सोही अवधिमा श्रम कुल ५ लाख ८८ हजार ९ सय २९ जना श्रम स्वीकृति लिएका थिए । जसमा पुरुष ५ लाख ७० हजार ९ सय ९६ र महिला १७ हजार ९ सय ३३ रहेका छन् । गुरागाईका अनुसार तुलनात्मकरूपमा वैदेशिक रोजगारीका लागि मलेसिया सहज रहेकोले पनि धेरै कामदारको रोजाइमा मलेसिया पर्ने गरेको थियो ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटे पनि वैदेशिक रोजगारसम्बन्धी उजुरीको संख्या भने बढेको छ । चालु आर्थिक वर्ष २०७५/०७६ मंसिरसम्ममा २ हजार १ सय २९ जनाको उजुरी परेको छ । जसमा व्यक्तिगततर्फ १ हजार १ सय ९ र संस्थागततर्फ १ हजार २० उजुरी दर्ता भएका छन् । अघिल्लो आव २०७४÷०७४ मा २ हजार ३ सय ८३ उजुरी दर्ता भएका थिए । जसमा १ हजार ३ सय ८८ व्यक्तिगत र १ हजार ४ सय ५२ संस्थागत रहेका छन् ।

चालु आर्थिक वर्षमा उजुरीमध्येमा ३० प्रतिशत फरफारक भइसकेका र बाँकीको प्रक्रियामा रहेको पनि उहाँले बताउनु भयो । । धेरैजसो सझौताअनुसार पारिश्रमिक नपाएको, बस्ने खाने व्यवस्था नभएको लगायका उजुरी आउने गरेका छन् ।

Facebook Comments
Show More

Related Articles