बिबिधशिक्षा-स्वास्थ्यसमाचारसमाज

विद्यालयको पूर्वाधार निर्माणमा हङ्कङबासीको सहयोग

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

उर्लाबारी,२२ पुस । मोरङको उर्लाबारी–९ बाट बैदेशिक रोजगारका क्रममा हङ्कङ पुगेका युवाहरूको केवीआई समूहले आफ्नो गाउँको सार्वजनिक माविको शैक्षिक सुधारका लागि ८० हजार रुपियाँ नगद सहयोग गरेको छ ।
विद्यालयका अध्यक्ष कुरुराज आङबुहाङलाई समूहका अध्यक्ष लक्ष्मी खापुङले उक्त नगद हस्तान्तरण गर्नुभएको हो । यसअघि पनि नेपाल आउँदा संस्थाका सदस्य भीम पन्धाकले सार्वजनिक माविलाई १ लाख ३० हजार रुपियाँ सहयोग गर्नु भएको थियो । सोही विद्यालयका पूर्व विद्यार्थी कसल लिम्बूको नेतृत्वमा सङ्कलन भएको रकम पन्धाकले विद्यालयलाई प्रदान गर्नु भएको हो । सोही बेला केबिआई समूहले पनि विद्यालयलाई ५० हजार रुपियाँ सहयोग सहयोग गरेको थियो । उक्त समूहले उर्लाबारी—९ को प्रभात आधारभूत विद्यालयलाई पनि नगद १ लाख ७७ हजार ६ सय सहयोग गरेको भीम पन्धाकले जानकारी दिनुभयो । । यसअघि प्रभात आधारभुत विद्यालयको घेराबाराको लागि समूहले नगद ५० हजार पनि सहयोग गरेको विद्यालयका प्रधानध्यापक मोहन चापागाईले बताउनु भयो ।
चापागाईले सरकारी क्षेत्रबाट भन्दा विद्यालयका पूर्व विद्यार्थी र हङकङवासीबाट उल्लेखनीय सहयोग पाइरहेको बताउनु भयो ।

Facebook Comments
Show More

Related Articles