nirantarkhabarखेलकुदसमाचार

फाल्गुनन्द गोल्डकप उद्घाटन खेलमा झापा–११ विजयी

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पुस २१, पाँचथर । पाँचथरको फिदिममा शनिबारदेखि १० औं संस्करणको रुष्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा झापा–११ ले विजयी सुरुवात गरेको छ ।

स्थानीय फिदिम माविको खेलमैदानमा शनिबार सम्पन्न उद्घाटन खेलमा कर्णसी सोनाम मेमोरियल क्लब ताप्लेजुङविरुद्ध ३–१ गोल अन्तरको सहज जित दर्ता गर्दै झापाले विजयी सुरुवात गरेको हो ।

खेल सुरु भएको छैटौँ मिनेटमा ताप्लेजुङका अनुप सेन्दाङले गोल गरे । झापाका देबेन्द्र तामाङले २६ औं मिनेटमा बराबरी गोल गरे । यस्तै ४९ औं मिनेटमा राजकुमार कन्दङवाको गोलबाट झापाले २–१ को अग्रता लियो । खेलको ५७ औं मिनेटमा झापाका क्याप्टेन कर्ण लिम्बूले गोल गर्दै टिमलाई ३–१ को सहज जित दिलाए ।

पुस ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले आकर्षक ट्रफीसहित नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले २ लाख पाउनेछ । प्रतियोगितामा ए डिभिजन क्लबसहित १० टोलीको सहभागिता रहेको छ ।

Facebook Comments
Show More

Related Articles