nirantarkhabarबिबिधसमाचारसमाज

खैजडु भजन र संगिनीको संरक्षण गर्दै शिवशक्ति समुह

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पुस २१ गते, बिराटचौक । पुर्वमै लोप हुन लागेको खैजडु भजन र संगिनीको संरक्षण गर्न मोरङको सुन्दरहरैचामा रहेको एउटा समुह लागिपरेको छ । बाबुबाजेका पालामा संस्कृतिको रुपमा मानिआएका पुरुषहरुले गाउने खैजडु र बालन त्यस्तै महिलाहरुले गाउने संगिनी जस्ता लोपोन्मुख अवस्थामा रहेका परम्परालाई संरक्षण गरी समाजमा देखिएका बिकृति बिसङ्गतिहरुलाई अन्त्य गर्दै मानविय हितका कार्यमा मार्ग्निर्देशन गर्ने उद्देश्यका साथ श्री शिवशक्ती खैजडु समुह अहिले सकृय रहेको छ ।

हरेक १५÷१५ दिनमा समुहमा रहेका सदस्यका घरमा पुरुषहरुले खैजडु र बालन गाउने गर्दछन भने महिलाहरुले संगिनी गाउने गर्दछन । बिशेष चाडपर्बको अवसरमा उक्त समुहले सार्वजनिक स्थान वा मन्दिरमा साँस्कृतिक झाँकि सहित मौलिकता प्रस्तुत गर्ने गर्दछ । खैजडु, बालन र संगिनी जस्ता नेपाली समाजमा पहिले बाबुबाजेका पालामा गाइदै आएको संस्कृति पुर्वबाटै लोप हुन लागेकोले संरक्षण र भावी पुस्तालाई समेत हस्तान्तरण गर्ने उद्देश्यले समुह सकृय रहेको उक्त समुहका एक सदस्यले बताए ।

समुहमा सुन्दरहरैचा नगरपालिका ८, ११ र १२ वडाका गरी जम्मा २२ जना सदस्य रहेका छन । उक्त समुहले मासिक रुपमा प्रति सदस्य रु १०० बचत गरी समुहमा रहेका कुनै सदस्यलाई आर्थिक संकट परेको खण्डमा आर्थिक सहयोग पनि गर्ने गरेको छ ।
यसैबिच स्थापनाको २ बर्ष पुगेको अवसरमा उक्त समुहले दोस्रो बार्षिक उत्सव तथा साधारणसभा संपन्न गरेको छ ।

२०७३ साल पौष १८ गते स्थापना भएको समुहले शनिबार सुन्दरहरैचा ११ शुक्रबारेमा एक कार्यक्रम गरी बार्षिक उत्सव तथा साधारणसभा मनाएको हो । सो कार्यक्रममा ८ जना जेष्ठ नागरीकलाई दोसल्लाले सम्मान पनि गरीएको छ । कार्यक्रममा खैजडु भजन र संगिनी प्रस्तुत गरिएको थियो ।

साथै दोस्रो साधारणसभाले नयाँ कार्यसमिति पनि चयन गरेको छ । केशव न्यौपानेको अध्यक्षतामा ७ सदसीय कार्यसमिति चयन भएको हो । नेपालमा मानिदै आएका कतिपय मौलिक संस्कृतिहरु लोपोन्मुख अवस्थामा रहेका छन । आधुनिक समय संगसंगै हाम्रा मौलिक संस्कृतिहरु हराउदै जाने र पश्चिमेली संस्कृतिको प्रभाव बढी पर्न थालेको छ । एकाध ठाउँमा बाहेक मौलिक संस्कृतिको संरक्षण संबर्धन गर्ने प्रयासहरु खासै भएका देखिदैनन् ।

पछिल्लो समय बिज्ञानको बिकास संगसंगै आधुनिक युगमा लोप हुनै लागेका हाम्रा मौलिक संस्कृतिको संरक्षण संबर्धन गरी भावी पुस्तालाई हस्तान्तरण गर्न यस्ता कार्यक्रमहरुले अवस्य पनि सहयोग पुर्याइरहेको छ ।

Facebook Comments
Show More

Related Articles