समाचार

जय देव कुल वुद्ध रन्धता प्रतिष्ठानद्वारा सम्मान तथा पुरस्कार

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पुष २०
जय देव कुल वुद्ध रन्धता प्रतिष्ठान ले बेलबारी १ स्थित जनता माविका विद्यार्थी एवम् शिक्षकलाई सम्मान तथा पुरस्कृत गरेको छ । प्रतिष्ठानका संरक्षक कुलप्रशाद सुवेदीको ८५ औं जन्मोत्वसको अवसरमा शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा उनीहरुलाई नगदसहित सम्मान तथा पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेहरुमा कक्षा ८ उतिर्ण वालकृष्ण थापा, अपाङगता भएका विद्यार्थी मनोज रानामगर, उत्कृष्ट शिक्षक भुपेन्द्र निरौला, सोही स्थानका जेष्ठ नागरिक कुलबहादुर बस्नेत रहनुभएको प्रतिष्ठानका महासचिव महेन्द्र सुवेदीले जानकारी दिनुभएको छ ।

बेलबारी वार्डनम्बर १ का वडाध्यक्ष चक्र खुलालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शम्भुप्रशाद खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रतिष्ठानका कोषाध्यक्ष टिका सुवेदीले कार्यक्रमको औचित्यबारे बोल्नुभएको थियो भने स्वागत मन्तव्य प्रतिष्ठानका उपाध्यक्ष पशुपति सुवेदीले व्यक्त गर्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष देवेन्द्र सुवेदीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन महासचिव महेन्द्र सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा वार्डनम्बर ३ का वडासदस्य विपिन आचार्य, बेलबारी जेसिजका कार्यकारिणी उपाध्यक्ष राजेन्द्रबहादुर अधिकारी,याम खुलाल लगायत अतिथी रहनुभएको थियो । सुवेदी परिवारले आफ्ना अग्रजहरुको स्मृतिमा २०७० सालमा स्थापना गरेको प्रतिष्ठानले विभिन्न विद्यालयहरुमा गएर वर्षेनी पुरस्कार वितरण तथा सम्मान प्रदान गर्ने गरेको महासचिव सुवेदीले जानकारी दिनुभएको छ ।

Facebook Comments
Show More

Related Articles