शिक्षा-स्वास्थ्यसमाचार

बेलबारीमा बन्ध्याकरण शिविर हुँदै, अभिमुखीकरण सम्पन्न

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पुष १९
बेलबारीमा बन्ध्याकरण शिविर सम्बन्धी महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि १ दिने अभिमुखीकरण कार्यक्रम विहिबार सम्पन्न भएको छ । नगरका २ स्थानमा हुन लागेका बन्ध्याकरण शिविरको तयारी स्वरुप नगरपालिकाको आयोजनामा अभिमुखीकरण भएको हो । बेलबारी नगरपालिकाको सभाहलमा भएको भएको अभिमुखीकरण कार्यक्रम बेलबारी नगर क्षेत्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको थियो । नगरपालिकाका स्वास्थ्य विभाग प्रमुख सन्तोस विकले सहजीकरण गर्नुभएको थियो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रशाद दाहालले कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभएको थियो । आउदो माघ २ र ३ गते बेलबारी स्वास्थ्य चौकी बेलबारी र माघ ७,८ र ९ गते प्राथमिक स्वास्थ्य केन्द्र वाहुनीमा शिविर सञ्चालन हुन लागेको छ । सो क्रममा १ सय ९० भन्दा धेरैलाई बन्ध्याकरण सेवा प्रदान गर्ने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ ।

Facebook Comments
Show More

Related Articles