बिबिधसमाचारसमाज

सवारी दुर्घटनामा ज्यान गुमाउनेमा ४० प्रतिशत पैदलयात्री, दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी सक्रिय

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

काठमाडौं,१९ पुस । सवारी दुर्घटनामा परी ज्यान गुमाउनेमा पैदलयात्रीको संख्या दिन–प्रतिदिन बढिरहेको छ ।

सवारी दुर्घटनाका विभिन्न घटनामा ज्यान गुमाउनेमा ४० प्रतिशत त पैदलयात्री नै छन् ।

आर्थिक वर्ष २०७४/०७५ मा सवारी दुर्घटनाबाट ७९ जना पैदलयात्रीको मृत्यु भएको छ भने यस आर्थिक वर्षको मंसिरसम्ममा यो संख्या ३९ छ ।

यसरी सडक दुर्घटनामा पैदलयात्रीको मृत्युको संख्या बढ्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले गत वर्षको जेठ १६ गतेबाट जथाभावी बाटो काट्ने पैदलयात्रीलाई कारबाही गर्न सुरु गरेको थियो ।

जथाभावी बाटो काट्नेलाई २०० रुपैयाँ जरिवाना गर्ने र जरिवाना तिर्न नचाहनेलाई तीन घन्टासम्म ट्राफिक प्रहरीकै नियन्त्रणमा बस्नुपर्ने गरी सजायको व्यवस्था गरिएको थियो ।

यसबाट पनि दुर्घटनाको संख्या घटाउन केही हदसम्म मद्दत पुगेको ट्राफिक प्रहरीको अनुभव छ ।

काठमाडौंका सबै सडकहरुमा पैदलयात्रीका लागि पर्याप्त बाटो छुट्याइएको छैन भने छुट्याइएका ठाउँबाट पनि नहिँडेको निकै भेटिन्छ ।

पैदलयात्रीहरुले आकाशेपुल र जेब्राक्रसिङ नभएका स्थानहरुमा जथाभावी बाटो काट्ने र नजिकैको आकाशेपुल वा जेब्राक्रसिङको पनि प्रयोग नगर्नु पनि दुर्घटनाको एउटा कारण बनेको छ ।

सवारीचालकबाट हुने लापरबाहीका कारण पनि धेरै दुर्घटनामा पैदलयात्रीको मृत्यु हुने गरेको तथ्यांक छ ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले चेतनाको अभावका कारण पनि सडक दुर्घटनामा पैदलयात्रीको मृत्यु हुने गरेको बताउँछन् ।

पैदलयात्री हिँड्ने प्रयाप्त पूर्वाधार नहुँदा पनि उनीहरु बढी दुर्घटनामा पर्ने गरेको एसएसपी पन्तको भनाइ छ ।

विद्यमान ट्राफिक व्यवस्थापन दुर्घटना न्यूनीकरणको कामका लागिमात्र प्रयाप्त भएको बताउँदै उनले सचेतना कार्यक्रमहरु सन्चालन गर्न ठूलो जनशक्ति आवश्यक पर्ने बताउँछन् ।

काठमाडौंमा पछिल्लो समय कोटेश्वरदेखि कलंकीसम्मको सडकखन्डमा बढी सवारी दुर्घटना हुने गरेको छ ।

यस्ता दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीमात्र नभइ पैदलयात्रीहरु आफैंपनि सचेत हुन आवश्यक छ ।

Facebook Comments
Show More

Related Articles