nirantarkhabarखेलकुदसमाचार

ए डिभिजन लिगमा एपीएफ र सरस्वती बिजयी

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पौष १७, काठमाण्डौ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको १२औं चरणका खेलमा सशस्त्र प्रहरीको एपीएफ र सरस्वती युथ क्लब विजयी भएका छन् । मंगलबार सशस्त्रको मुख्यालयमा भएको खेलमा सशस्त्रले नेपाल पुलिस क्लबलाई ४–१ को फराकिलो अन्तरले पराजित र्गयो ।

यो जितले सशस्त्र २० अंकसहित लिग तालिकाको पाँचौं स्थानमा पुगेको छ भने हारले पुलिस १८ अंकसहित छैटौं स्थानमा झरेको छ ।
मंगलबार नै एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सरस्वतीले च्यासल युथ क्लबलाई २–१ ले हरायो । यो सफलतासँगै सरस्वती १३ अंकसहित नवौं स्थानमा पुगेको छ । च्यासल भने १५ अंकसहित आठौं स्थानमा छ ।

१२औं चरणका बाँकी दुई खेलहरु बुधबार हुनेछन् । दिउँसो साढे २ बजे ३३ अंकसहित उपाधि जितिसकेको मनाङ–मर्स्याङ्दी क्लबले १७ अंकसहित सातौं स्थानमा रहेको हिमालयन शेर्पा क्लबसित तथा २५ अंकसहित दोस्रो स्थानमा रहेको संकटा क्लबले २३ अंकबाट तेस्रो स्थानमा रहेको थ्रीस्टार क्लबसित खेल्दैछ ।

Facebook Comments
Show More

Related Articles