बिबिधमनोरञ्जनसमाचारसमाज

अरबमा भब्य रुपमा मनाइयो साकेला सिली

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

अनील घिसिङ

अबुधाबी/ युएईमा रहेका प्रबासी नेपाली किराँत राई तथा सुनुवारहरुले यस बर्षको उधौंली साकेला पर्व मनाएका छन्। बैदेशिक रोजगारी एवं ब्यबसायको शिलशिलामा युएईका विभिन्न राज्यमा रहेका नेपाली किराँत राई तथा सुनुवारहरुले शुक्रबार राजधानी शहर अबुधाबीको मुसाफा पार्कमा एक कार्यक्रमको आयोजना गरि उधौंली साकेला मनाएका हुन्। हरेक बर्षको उधौंली र उभौंली साकेलामा किराँत राई यायोक्खा क्षेत्रीय शाखा युएई र सुनुवार सेवा समाज युएईले संयुक्त रूपमा साकेला सिली सँस्कृतिक कार्यक्रम आयोजना गर्दै आएका छन्। मंसिरे पूर्णिमा अर्थात उधौंली साकेला चाडलाई हिउँद यामको शुरुवात भएको संकेतका रूपमा पनि लिईन्छ। उधौंली लागेसंगै लेकतिरबाट मानिस, पशुपंक्षी बेंसीतिर बसाईं झर्ने गर्दछन्। प्रकृति पूजक किराँत समुदायले उधौंलीका अवसरमा परम्परागत बाजा ढोल झ्याम्टा बजाएर आ-आफ्नो जातिको विशेष पोशाक लगाई सिली नाच नाच्ने गर्दछन्। उधौंलीको अवसरमा लिम्बू समुदायले पनि उसैगरी चासोक तङ्नाम मनाउँछन्। यो साँस्कृतिक पर्व बिबिधतायुक्त नेपाली संस्कृतिको एक महत्वपूर्ण हिस्सा र सुन्दर गहना पनि हो।

Facebook Comments
Show More

Related Articles