बिबिधसमाचारसमाज

आफैले बोकेको बन्दुक पड्किदा प्रहरी जवान घाइते

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

 

उर्लाबारी(मोरङ) ९पुस । मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी जवान सन्जिव खड्का आफैले बोकेको बन्दुक पड्किदा घाइते भएका छन् ।
सोमबार बिहान गस्तीमा हिडेको बा १ झ ६४५० नं प्रहरी भेनमा खटिएका प्रहरी जवान खड्काले बोकेको .३०३ सर्ट म्याग्जिन लिईन्फिल्ड मार्काफोर नं. १ राईफल उर्लाबारी– ३ स्थित थापा चौकमा पुग्दा अचानक पड्केको थियो । राइफल पड्किदा खड्काको छातिको दाहिने भागमा लागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक घनश्याम खड्काले बताए ।
गम्भीर घाइते हुनुभएका खड्काको बिराटनगरस्थित न्यूरो अस्पतालको सघन कक्षमा उपचार भईरहेको छ ।

Facebook Comments
Show More

Related Articles