समाचार

रेडियो बेतना तथा निरन्तर खबरका अध्यक्ष बस्नेत पुरस्कृत

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पुष ७
रेडियो बेतना तथा निरन्तर खबर डट कमका अध्यक्ष भोजराज बस्नेत पुरस्कृत हनुभएको छ । पत्रकारिता क्षेत्रको विकासमा बस्नेतले पुर्याएको योगदानको कदर गर्दै लिला गोमा आचार्य स्मृति पत्रकारिता पुरस्कार बस्नेतलाई प्रदान गरिएको हो । बस्नेत प्रेस युनियन मोरङका अध्यक्ष समेत हुनुहुन्छ ।सञ्चार क्लब नेपालको १५ औ वार्षिक साधारणसभाको अवसरमा उर्लाबारी स्थित वेतिनी सिमसारमा आयोजित कार्यक्रममा बस्नेतलाई पुरस्कार प्रदान गरिएको थियो । सोही पुरस्कारबाट उर्लाबारी पेजका घनश्याम भण्डारी पनि पुरस्कृत हुनुभएको छ । यस्तै दाताराम पद्मावती खतिवडा स्मृति पत्रकारिता पुरस्कारबाट प्राइम एफ.एम.की समाचार वाचक वर्षा बुढाथोकी र अनमोलमणि साप्ताहिकका सम्पादक मिलन के राउत पुरस्कृत हुनुभएको छ । सबै पुरस्कारको रासि ५ हजार रुपैयाँ रहेको छ । साधारणसभाका प्रमुख अतिथि प्रदेश सांसद् कुशल साम्बा लिम्बुले पुरस्कार राशी, सम्मान पत्र र दोसल्ला प्रदान गर्नुभएको थियो । क्लबका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडाले आफ्ना आमाबुवाको स्मृतिमा दाताराम पद्मावती खतिवडा स्मृति पत्रकारिता पुरस्कार स्थापना स्थापना गर्नुभएको हो । लिला–गोमा आचार्य स्मृति पत्रकारिता पुरस्कार समाजसेवी जयधर्म आचार्यले स्थापना गर्नुभएको हो ।
सञ्चार क्लबलाई जग्गा प्रदान गर्ने जग्गादाताहरुलाई पनि कार्यक्रममा सम्मान् गरिएको थियो । क्लबका महासचिव किशोर श्रेष्ठले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा भावी कार्ययोजना पेश गर्नुभएको थियो । साधारणसभा क्लबका अध्यक्ष सरोज बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो । पूर्वी मोरङका पत्रकारहरुको साझा संस्थाको रुपमा २०६० सालमा स्थापना भएकोसञ्चार क्लबमा ५० बढी पत्रकारहरु आबद्ध रहेका छन् ।

Facebook Comments
Show More

Related Articles