nirantarkhabarखेलकुदसमाचार

ए डिभिजन लिग फुटबलमा आज तीन खेल

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

६ पुस, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् । आज हुने खेलमा सरस्वती युथ क्लब र मछिन्द्र क्लब, हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लब त्यस्तै जावलाखेल युथ क्लब र एनआरटी भिड्नेछन् ।

आज हुने पहिलो खेलमा सरस्वती युथ क्लबले मछिन्द्र क्लबसँग ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज ११ बजे प्रतिस्पर्धा गर्दै छ ।

लिगको नवौं स्थानमा रहेको सरस्वतीको ९ खेलबाट १० अंक रहेको छ । मच्छिन्द्रको भने नवौं खेलबाट तीन अंक मात्रै छ ।
त्यस्तै, आजै साढे २ बजे सुरु हुने अर्को खेलमा हिमालयन शेर्पा क्लबले फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दै छ । लिगको छैटौ स्थानमा रहेको हिमालयन शेर्पाको नवौं खेलबाट १४ अंक छ । फ्रेन्ड्सको भने पाँच अंक रहेको छ ।

हलचोकस्थित एपीएफको मैदानमा आजै हुने खेलमा जावलाखेल युथ क्लबले एनआरटीसँग प्रतिस्पर्धा गर्दै छ । दुवै टिमको अंका तालिकामा नौ– नौ अंक रहेको छ ।

लिगको शीर्ष स्थानमा भने मनाङ मर्स्याङ्दी क्लब रहेको छ । मनाङले नवौं खेलबाट शतप्रतिशत जित हात पार्दै २७ अंक बनाउँदा दोस्रो स्थानमा रहेको संकटा क्लको २४ अंक रहेको छ ।

Facebook Comments
Show More

Related Articles