nirantarkhabarबिबिधसमाचारसमाज

दश बर्षिया बालिकाको बलात्कारपछि हत्या गर्नेलाई बाँचुञ्जेल जेल

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

कास्की । १० वर्षीया बालिका श्रेया सुनारको गत असोज ९ गते भएको हत्यामा दोषी ठहर भएका कुसुम पौडेललाई जिल्ला अदालत कास्कीले आजीवन कैदको फैसला सुनाएको छ । मुलुकी संहिता २०७५ मा बलात्कारपछि हत्यामा दोषीलाई जीवित रहेसम्म कैद गर्ने व्यवस्था भएअनुसार अदालतले पौडेललाई जीवित रहेसम्म कैद गर्न आदेश दिएको हो ।

न्यायाधीश योगेन्द्रप्रसाद शाहको इजलासले बुधबार स्याङ्जा स्थायी घर भई पोखरा– २२ पुम्दीभुम्दी बस्दै आएका २७ वर्षीय पौडेललाई जीवित रहेसम्म थुनामा राख्न आदेश दिएको कास्की जिल्ला अदालतका श्रेस्तेदार जगन्नाथ पौडेलले जानकारी दिनुभयो । अदालतले कुसुमलाई मंसिर १७ गते दोषी ठहर गरेको थियो ।

१० वर्षीया बालिका सुनारको असोज ९ गते हत्या भएको थियो । कुसुमले असोज ८ गते साँझ साढे ५ बजेतिर बिस्कुट किन्न पसल गएकी श्रेयालाई चकलेट खाउ भनी ५ रुपैयाँ दिएको र फेरि अलि तल पुगेपछि १० रुपैयाँ दिन्छु भनि बोलाएर जबर्जस्तीको प्रयास गरेका थिए ।

जबजस्ती गर्न खोज्दा बालिकाले प्रतिकार गर्दै चिच्याउन थालेपछि झाडीमा धकेलेर दुवै हातले घाँटी थिचेको पौडेलले प्रहरीसमक्ष बयान दिएका थिए । बालिका बेहोस भएपछि कुसुमले ढुंगाले अनुहार र टाउकोमा हानेर हत्या गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

Facebook Comments
Show More

Related Articles