बिबिधसमाचारसमाजसूचना प्रबिधी

लेटाङ नगरपालिकाले सुरु ग¥यो आफ्नै मोबाइल एप्स

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

लेटाङ(मोरङ) ४ पुस । उत्तरी मोरङको लेटाङ नगरपालिकाले नगरको सम्पूर्ण सेवा सुबिधा र कर सम्बन्धि विवरण घरमा बसि बसि बुझ्न सकिने मोबाइल एप्स बुधबार देखि सञ्चालनमा ल्याएको छ ।
बुधबार एक समारोहका बीच लेटाङ नगरपालिकाका प्रमुख शङ्कर राईले मोवाइल एप्स सुचारु गर्नुभयो । मेयर राईले सूचना प्रविधिका माध्यमबाट नगरका विषयमा सम्पूर्ण विवरण हेर्न र बुझ्न सकिने भएकोले अब टाढा टाढाका सेवाग्राहीले साना तिना जानकारी लिन नगरपालिका आउनु पर्ने झन्झट अन्त्य भएको बताउनु भयो । उहाँले भन्नुभयो – अब एक दिन पैदल यात्रा तय गरेर नगरमा आइ रहनु पर्दैन ।’
एन्ड्रोइड मोबाइलको प्लेस्टोर एप्लिकेशनमा गएर लेटाङ म्युनिसिपालिटी टाइप गरी इन्स्टल गरी हेर्न सकिने लेटाङ नगरपालिकाका सूचना प्रविधि अधिकृत ओमप्रकास पौडेले जानकारी दिनुभयो ।
एप्सबाट नगरपालिकाको सेवा, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, वडाका विवरण, महत्वपूर्ण स्थानको जानकारी र आपत्कालीन टेलिफोन नम्बरको जानकारी लिन सकिने बताइएको छ । यसअघि नगरपालिकाले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा प्रणाली र ईहाजिरी सञ्चालनमा ल्याइएको थियो ।

Facebook Comments
Show More

Related Articles