nirantarkhabarखेलकुदसमाचार

थ्रीस्टारले दोस्रो स्थानमा उक्लिने अवसर गुमायो

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

काठमाडौं । थ्रीस्टारले शहीद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ । लिगमा थ्रीस्टार क्लब र विभागीय टिम आर्मीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलको पहिलो हाफसम्म दुबै टिमले गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा निराजन खड्काले ७० औं मिनेटमा गोल गर्दै थ्रीस्टारलाई १–० गोलको अग्रता दिलाए ।
निर्धारित ९० मिनेटको समयसम्म थ्रीस्टार १–० गोलले अघि रहेको थियो । चार मिनेटको अतिरिक्त समयको तेस्रो मिनेटसम्म आर्मी एक गोलले पछि नै थियो । तर अन्तिम मिनेटमा पाएको फ्रिकिकमा आर्मीका जर्ज्प्रिन्स कार्कीले गोल गरेसँगै खेल १–१ को बराबरीमा सकियो ।

लिगको दोस्रो स्थानमा उक्लिने अवसर पनि थ्रीस्टारले बराबरी खेलेसँगै गुमाएको छ । थ्रीस्टारको ९ खेलबाट २२ अंक भएको छ । यता, समान खेल खेलेको आर्मीको १८ अंक भएको छ । लिगको शीर्ष स्थानमा रहेको मनाङको ९ खेलबाट २७ अंक रहेको छ भने लिगको दोस्रो स्थानमा रहेको संकटाको २४ अंक छ ।

Facebook Comments
Show More

Related Articles