बिबिधसमाचारसमाज

प्रहरी निरीक्षक र वडाध्यक्षको मिलेमतोमा धम्की

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

उर्लाबारी,३ पुस । जीवन बचाउ उपचार सेवा गृह उर्लाबारीले सोमबार विज्ञप्ति प्रकाशित गर्दै इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिना र उर्लाबारी २ का वडाध्यक्ष राजन कुमार कडेलले कार्यलयमा आएर संस्थाका पदाधिकारीलाई धम्की दिएको बताएका छन।
विज्ञप्तिमा राष्ट्रलाई नै सहयोग गर्दै आएको संस्थालाई निरुत्साहित गर्ने,अवाञ्छित रुपमा प्रभाव पार्ने ढङ्गले प्रहरी निरीक्षक तिम्सिना र वडाध्यक्ष कडेलले गत मङ्सिर २७ र २८ गते कार्यालयमा पुगेर धम्क्याएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ –नागरिकको सुरक्षाका लागि खटिएको प्रहरी र जनताको काम गर्न निर्वाचित भएको जन प्रतिनिधले नै सामाजिक संस्था विरुद्ध धावा बोल्नु घोर आपत्ति जनक विषय हो ।
प्राप्त जानकारी अनुसार संस्थामा उपचाररत एक जना विरामीलाई तत्काल छुटाउनका लागि कडेल प्रहरी निरीक्षकको सहयोग लिएर संस्थामा पुगेका थिए । संस्थाले बिना सरोकार बाला ब्यक्तिलाई उपचाररत विरामी जिम्मा लगाउन नमिल्ने जवाफ दिएको थियो ।संस्थाका पदाधिकारीहरूले प्रहरी निरीक्षक तिम्सिनाको निर्देशन नमानेपछि तिम्सिनाले संस्थाका पदाधिकारीलाई मुद्धा लगाइदिने धम्की दिएका थिए ।
यता इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिनाले भने उपचारत विरामी लागु औषध प्रयोग कर्ता नभएको बुझिएकोले त्यस्ता विरामीलाई गैर कानूनी ढङ्गले बन्धक बनाउन नपाइने बताएका छन् । वडाध्यक्ष कडेलले समेत उपचाररत बिरामी आफ्नो भिनाजुको भाइ भएको र दिदीले देवरलाई बिना कारण बन्धक बनाएर उपचारको बहानामा थुनेर राखेकोले निकाल्न प्रहरीसँग सहयोग मागेको प्रतिक्रिया दिए ।

Facebook Comments
Show More

Related Articles