बिचार/दृष्टिकोण

‘अस्मिता’लाई पहिलो महिला नेपाल आइडल किन नबनाउने ? सन्दर्भ : बहुप्रतिक्षित नेपाल आइडल सिजन २ फाइनल

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

र मेश ,  

पुष १

सन्दर्भ द भोइस अफ नेपालकाे

नेपालमा सञ्चालनमा आएका २ वटा इन्टरनेशनल फ्रान्चाइज सिङ्गिङ रियालिटी शो मध्ये द भोइस अफ नेपालको टाइटल घोषणा भैसक्यो । अब नेपाल आइडल सिजन २ को घोषणा हुन बाँकी छ । भोइस अफ नेपालको फाइनल राउण्डमा ४ जना प्रतिष्पर्धी थिए, जसबाट विजेता छानिए सिडि विजय अधिकारी । नेपाल आइडलमा पनि ४ जना मध्येबाटै एक जना छानिँदैछन् ।
भोइस अफ नेपालको फिनालेको चर्चा गर्नैपर्ने हुन्छ । भोइस अफ नेपालले संगित दुनियामा छुट्टै छाप र प्रभाव छोड्न सफल भयो । सहभागी र दर्शकले नै फरकपनको मज्जा लिए । फिनालेमा अतिथीका रुपमा बोलाइएका थिए धुर्मुस सुन्तली अर्थात सिताराम कट्टेल र कुञ्जना घिमिरे । कञ्जनाले स्टेजमा बोल्ने क्रममा भनेका केही कुरा गम्भिर र सोचनिय थिए । प्रतिष्पर्धीहरु पनि पुरुष मात्रै, जजहरु मध्ये १ जना महिला अभया पनि त्यो दिन अनुपस्थित भएकाले त्यहाँ पनि पुरुषमात्रै । हुन त अभया उपस्थित हुन नसक्नु संयोग मात्रै हुनसक्छ ।प्रतिष्पर्धीमध्ये फाइनल राउण्डसम्म पुग्नुअघि नै सबै महिला बाहिरिनुमा पनि जज र आयोजकमात्रैको हात हैन यो बुझ्न सकिन्छ । तर कुञ्जनाले उठाएको कुरा हाम्रो मनमा आजभन्दा एक महिना अघिबाट नै खेलीरहेको र साथी सर्कलमा चर्चा चलिरहेको विषय नै थियो । यतिका रियालिटी सोहरु चले नेपालमा किन महिला प्रतिष्पर्धी फाइनलसम्म पुग्दैन् वा टाइटल जित्दैनन् ? क्षमताकै कुरा गर्ने हो भने सेमी फाइनल वा फाइनल भन्दा अघिल्लो राउण्डसम्म पुग्ने महिला प्रतिष्पर्धीमा पुरुषभन्दा कम क्षमता भन्ने अवस्था नै रहदैन् । यसैपनि महिलाहरुले अहिले आफुलाई हरेक क्षेत्रमा क्षमतावान र सशक्त बनाउदै लगेको सन्दर्भमा गायनमा पनि पुरुषभन्दा कम छैनन् भन्ने कुरा स्टेज पर्फमेन्सहरुबाट पनि देख्न सकिन्छ ।
बहुप्रतिक्षित नेपाल आइडलको फाइलन
अब चर्चा गरौं नेपाल आइडलको । नेपाल आइडल सिजन १ अन्तराष्ट्रिय फ्रान्चाइज रियालिटी सो को हकमा नेपालमा पहिलो अनुभव थियो । पहिलो एचडी क्वालिटीको टेलिभिजन एपीवान बाट प्रसारित आइडलको चर्चा अत्यधिक थियो र छ पनि । स्मरणिय छ, नेपाल आइडलले अदालतमा मुद्दा पनि झेल्नुपरेको थियो । संसारमा ५६ भन्दा बढि मुलुकमा आइडल सञ्चालन भैरहँदा यस्तो मुुुद्दाको अुनभव कुनै पनि देशमा नरहेको तत्कालिन निर्देशक लक्ष्मण पौडेलले पनि बताएका थिए ।
उस्तै चर्चा र चासोका साथ नेपाल आइडल सिजन २ को फाइनलको प्रतिक्षा देश विदेशमा रहेका नेपालीहरुले गरीरहेका छन् ।यसको फाइनल राउण्डमा अस्मिता अधिकारी, विक्रम बराल,रवि ओड र सुमित पाठक रहेका छन् । उनीहरुमध्येबाटै नेपाल आइडल सिजन २ को विजेता छानिनेछन् ।
पुस ६ गते पुल्चोक इन्जिनियरिङ क्याम्पसमा हुने फाइनल राउण्डमा भोइस अफ नेपालको भन्दा अलि फरक दृष्य हुनेछ । नेपालमै हुने कार्यक्रम भएकाले पक्कै पनि ‘अर्गानिक’ फ्लेवरमा फ्रान्चाइजको स्वाद आउने छ । अनि कुञ्जना घिमेरेको गुनासो भावलाई मत्थर पार्ने गरी उपाधी होडमा पनि ३ पुरुषका विचमा कम्तीमा १ जना महिला तर उत्तिकै सशक्त प्रतिभाकी धनी अस्मिता पनि हुनेछिन् । निर्णायक समुहमा पनि इन्दिरा जोशी अवश्य हुनेछिन् । राष्ट्रप्रमुख नै महिला रहिरहेको र प्रधानन्यायधिस, सभामुख पनि महिला भैसकेको त्यतिमात्रै हैन सिएनएन हिरोका रुपमा पनि नेपाली महिलाले बाजी मारीसकेको अवस्थामा अब नेपाल आइडल महिला हुने की नहुने ? मिस वल्र्डमा वर्षैपिच्छै नेपाली महिलाले प्रभाव बढाउदै लगेको परिप्रेक्ष्यमा नेपाल आइडलमा अब अस्मिताले जित्न हुने की नहुने ?
नेपालमा सञ्चालन भएका सिङ्गिङ रियालिटी शो मा महिला विजेता कति ?
खोजीप्रतिभाको गायनमा दुर्गा परियार,नेपाल स्टार गायनमा विष्णु चेम्जोङ
सिङ्गिङ रियालिटी शो का रुपमा नेपाल भित्रैबाट सञ्चालन भएका र चर्चामा आएका केही कार्यक्रमहरु छन् । तर ति शोहरुमा महिला प्रतिपष्पर्धीको अवस्था कमजोर देखिन्छ । क्षमताकै सवालमा महिलाहरु कमजोर थिए भन्न सकिन्न तर भोटिङबाट निर्णय हुने अवस्थासम्म आइपुग्दा महिलालाई पछि पारिएको देख्न सकिन्छ । हामीले बुझ्न खोज्दा पाएको जानकारीका आधारमा भन्ने हो भने अहिले सम्म रियालिटी सो खोजी प्रतिभाकोमा गायन तर्फको विजेता महिला दुर्गा परियार हुन् । त्यस्तै गायन रियालिटी सो नेपाली स्टारको उपाधी विष्णु चेम्जोङले पनि जितेकी छिन् । एक समय निकै चर्चा पाएको नेपाली तारामा कुनै पनि प्रतिष्पर्धी महिलाले उपाधी जित्न सकेनन् । तर उपाधी नजितेपनि आज नेपाली ताराबाट उदाएकी इन्दिरा जोशी बहुचर्चित नेपाल आइडलकी निर्णायकको रुपमा सुरुवात बाट नै छिन् ।


अस्मिता नै नेपाल आइडल किन ?
नेपाल आइडल होस वा कुनै पनि रियालिटी सोमा क्षमतावान्ले जित्नुपर्छ भन्ने कुरामा कुनै दुइमत रहेन् । नेपाल आइडल सिजन २ को फाइनलिस्टहरु यस्तै क्षमताको कारण यहाँसम्म आइपुगेका हुन् । मेडीकल साइन्सकी विद्यार्थी संगितमा रुचि राखेर केही गरौं भन्ने इच्छा,उत्साह,जोस,जाँगर,लगन र मेहनतका साथ अघि बढेकी अस्मिताले आफुलाई प्रमाणित गर्दै लगेकी छिन् । रक,लोक,पप,सेन्टीमेन्टल सबै विधामा उत्तिकै अव्वल देखिन्छिन् अस्मिता । स्टेजमा हुने उनको दमदार प्रस्तुती, प्रस्तुतीबाट प्रभावित भएर निर्णायकहरुले दिएको प्रतिक्रिया, दर्शकहरुको हौसल्ला र संगित क्षेत्रमा केही गर्छु भनेर अस्मिताले लिएको दृढसंकल्प र गरिरहेको मेहनतलाई एकमुस्ट मिलाएर हेर्ने हो भने उनी को भन्दा कमी छिन् ? महिला भएकै कारणले केही गर्न सक्दैनन् भन्ने सोचाइको गरिबी भएकाहरुसँग त बहस गर्न सकिन्न । तर महिला र पुरुष बराबर हुन भन्ने मान्यता राख्ने व्यक्तिहरु ,दिशाहिन सोचले ग्रसित लैंगिक असमानतावादी व्यवहार ले पिल्सिएको यो समाजलाई बुझेका र अब सहि दिशामा समाजलाई डोहोर्याउनु पर्छ भन्ने महसुस गर्ने व्यक्तिहरुलाई आग्रह गर्न सकिन्छ अस्मिता अधिकारीलाई नेपाल आइडल विजेता बनाऔं भनेर । (टिप्पणी हल्का भएपनि) नामको वर्णानुक्रमलाई आधार मान्ने हो भनेपनि अस्मिताको अ सबै भन्दा अगाडी नै आउँछ ।
अझै समय छ,अस्मिता जिताउँन अभियाननै चलाउँदा राम्रो


यहाँ कुञ्जना घिमिरेको चर्चा पटक पटक गरिएको छ किनभने उनको त्यो बोली प्रतिनिधि आवाज हो । जुन आवाज उस्तै प्रकृतिको रियालिटी सो मा सुन्न पाइयो । तर यस्ता लाखौं आवाज छन् जुन घन्किन र गुञ्जिन पाएका छैनन् । कुञ्जना पक्कैपनि जानकार छिन नेपाल आइडलमा अस्मिता पनि फाइनलिस्ट हुन भनेर । कार्यक्रममा देखिने सहभागिताको लागि मात्रै हैन पुरै प्रतियोगिताको आकर्षण,विशेष व्यक्ति र महिनौ देखि प्रतिक्षा गरिएको नेपाल आइडल बन्ने वजनदार व्यक्तित्वका साथ अस्मिता नेपाल आइडलको फिनालेमा हुनेछिन् । तर हाम्रो गफले उनी नेपाल आइडल बन्न सक्दिनन् । उनलाई त्यो अवस्थासम्म पुर्याउन पुस ६ गतेसम्म भोटिङ खुल्ला छ । अस्मितालाई भोट गर्न र यसबारे अभियाननै चलाउन आवश्यक छ । किनभने यो एउटा इतिहाँस रच्ने सुनौलो अवसर नै हो ।
अन्त्यमा
नेपाल आइडलका प्रतिष्पर्धी सबै क्षमतावान नै छन् । प्रतियोगिताका क्रममा गरेको अभ्यास,व्यक्तित्व विकास सम्बन्धी आर्जन गरेका टिप्स, जजहरुको मार्गदर्शन, दर्शक स्रोताको हौसल्ला जस्ता कारणले उनीहरुमा आत्मविश्वास बढेको छ । नेपाली संगित क्षेत्रलाई योगदान गर्न सक्ने साधकका रुपमा अब उनीहरुको पनि थपिएका छन् भन्ने कुरा पनि विर्सनुहुँदैन् ।

Facebook Comments
Show More

Related Articles