साहित्य

लघुकथा:सोच

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

सानू पौडेल

कति ढिलो गर्नु भएको! अफिस त पाँच बजे छुट्टी हुन्छ त!फोन गरेको पनि उठाउनु भएन।होइन किन केही बोल्नु हुन्न?पक्का केहीत राज छ।आज भोलि कसै संग लागे
जस्तो छ।

दिनभरिको अफिसको तनाव अनि काठमाडौ को जाम र धुलोले लखतरान भएर साँझ घर फर्कीएको सुविन
पुग्ने वित्तिकै श्रीमतीको कचकच सुनेर दिक्क हुन्छ र हतार हतार जुता र लुगा फुकालेर बाथरुम तिर लाग्छ।नुहाएर हल्का फ्रेस भएको सुविन खाना को गाँस मुखमा लान नपाउँदै फेरि राधा ले उहि प्रस्न गर्छे।उ एकछिन नबोली नबोली खान्छ तर राधाले अति गरेपछि खानाको भाग नै छोडेर बिस्तारामा पल्टिन्छ।

अर्काेदिन बिहानै उठेर राधालाई सम्झाउँछ।राधाले फेरि अर्काे कुराले तनाव दिन सुरु गर्छे।ूअब तिज पनि आउन थालीसक्यो ।एउटा रानीहार र छड्के तिलरी जसरी चाहिन्छ है मैले भन्देकी छु।ू
महिनाको तीस हजार तलब!बच्चालाई स्कुल फिस श्रीमतीलाई हप्तै पछि पार्लर र सपिङ्ग अरु के के खर्च।अनि बिजुलि पानी वाईफाई र केवुल खर्च घर खर्च आदि गर्दा आफुलाई जुत्ता किन्ने पैसा कहिलै नपुगेको सुबिन न्याउरो मुख लगाएर अफिस तिर लाग्छ।

तिज आउन एक महिना अघिदेखि दर खाने र नाच्ने गाउने गर्न हिँड्नु पर्ने राधालाई कहिले गहना बनाईदिन्छ भनेर हतार भै रहेको थियो। सुविन एक त पहिलेनै बिहे गर्दा र घर बनाउँदा कर्जामा डुबेको थियो ।त्यहिमाथि ऋण खोजेर गहना बनाउने वारे कत्ती सोँचेको थिएन।नभन्दै तिज आयो।राधाले गहना कै लागि झगडा गरेर माईत गइ ।

माईत मा भाईले बुहारिलाई तिजको लागि किनमेल गर्न जाउँ भनेर कर गरिरहेको थियो । बुहारिले भन्दैथिइन् पोहोरकै तेति राम्रा गहना र लुगा छन्। बरु तेहि पैसाले एउटा स्कुटि किन्न पाए अफिस जान आउन सजिलो हुनेथियो।गहना लगाएर दुनियाँलाई देखाएर के हुन्छ र?आज एउटा औँठिको लोभमा कतिको हत्या भएको छ।हजुरको माया जीवन भर पाउन सकुँ तेहि मेरो सबै भन्दा ठुलो गहना हुनेछ।

राधा बुहारिको कुरा सुनेर थाहै नदिई घर फर्कीन्छे र सुविनलाई अब तिलरि र हार होइन मलाई बरु एउटा जागिर खोजीदिनु
भन्छे।राधाको कुरा सुनेर सुविन आफुलाई चिमोट्छ।

Facebook Comments
Show More

Related Articles