साहित्य

कविता : मेरि आमा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

मेरि आमा

मेरि आमा करोडौं शहरका,
खम्बाहरु संग हातेमालो गर्दै रमाई रहेकी छन् ,
म मौन छु,
आफैंले आफैंलाई प्रश्न गर्छु,
के मेरो अधिकार यहि हो त??

मेरा बा!
हजारौं सपनाहरु सजाउंदै,
आशुंले पाईला छेक्दा छेक्दै पनि,
मेरि आमाको सिउंदो जोगाउन,
संगै उनको अस्तित्व रक्षाका लागि,
बिदाईका हातहरु हल्लाउँदै परदेश लागेका थिए।

केही समय नबित्तै,
मेरा बा! बाकसमा फर्किएका थिए,
म भुल्नै सक्दिनँ मेरा बा को त्यो चमक अनुहार,
जसो तसो बोक्रे आँसु झार्दै,
मेरि आमाले दाहसंस्कार गरिन्।

हो त्यही दिनबाट,
मेरि आमा! शहरका खम्बाहरु संग,
मोजमस्तिमा रमाउने गर्छिन्,
खै त मैले पाएको न्याय?
खै त मैले पाएको ममता?

आज म मेरा सारा सपनाहरू बन्दकी राखेर,
शहरका चोक चोकमा कुदिरहेछु,
यहाँ हरेक दिन आँसुको पात्र बनेको छु,
म नतमस्तक छु आफ्नो बास्तबिकता प्रती।

अब म यति टाढा जांदैछु,
मेरा सारा सपनाहरु बगाउन,
जहाँ एक कल्पनाको मात्र संसार हुनेछ,
न मैले कसैको आस गर्नु पर्नेछ,
त्यहाँ सिर्फ मेरो आत्मा मात्र डुलिरहने छ,
जहाँ म हेर्नेछु,
मेरि आमा त्यही शहरमा रहेका गल्लिहरुका,
खम्बाहरुसंग रमाइ रहेकी हुनेछिन्।

आयुष बुढाथोकी 
साल्पासिलिछो –१, कुलूङ,भोजपुर

Facebook Comments
Show More

Related Articles