nirantarkhabarबिबिधसमाचारसमाज

सुदुरपश्चिम प्रदेश सांसदहरुद्वारा बेतना सिमसारको अवलोकन

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

अनिल बराल ।
बेलबारी । मोरङको बेलबारीमा वैज्ञानिक रुपमा वन व्यवस्थापन प्रणालीका रुपमा बिकास हुदै गरेकोे बेतना सिमसार सामुदयीक बनको सुदुरपश्चिम प्रदेश सांसदहरुले अवलोकन भ्रमण गरेका छन । आइतबार सूदूपश्चिम प्रदेश सभाका अर्थ विकास र प्राकृतिक स्रोत समितिका सदस्यहरूले बनको भ्रमण गरेका हुन ।

तराइ भूपरिधि कार्यक्रमका प्रवन्धक पुर्णेश्वर सुवदीको नेतृत्वमा सुदुरपश्चिम प्रदेश सभाका अर्थ विकास र प्राकृतिक स्रोत समितिका सभापति हर्क ब.कुवर, सदस्यहरू पूणँ जोशि, कृष्ण चौधरी, अक्कल ब.रावल, महेश जोशि, नन्द साउद, देवराज पाठक, प्राकृतिक स्रोत समितिका सचिव रविन्द्र सांउद, सदस्य सचिव भागवत चौधरी, उधोग,पर्यटन, वन तथा वातावरण उपसचिव यज्ञभुमि खनाल, डिभिजन बन कार्यलय मोरङ प्रमुख बिशाल घिमिरे लगायतले बेतना सिमसारको अवलोकन गरेका हुन ।

तराई भु–परिधि जैवीक मार्ग पुनस्र्थापना आयोजना कोहलपुरले तराइमा रहेका बनहरुबिच सिकाई आदान प्रदान, बन ब्यबस्थापन तथा वन बाट रोजगारीको श्रृजना कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले मोरङका बनहरुको अवलोकन भ्रमण गरेको तराइ भूपरिधि कार्यक्रमका प्रवन्धक पुर्णेश्वर सुवदीले बताए ।

बेलबारी वडा नं ४ का वडाध्यक्ष राम कुमार राई लगायत बेतना सिमसार बन उपभोक्ता समिति सदस्यहरुले भ्रमण टोलिको स्वागत गरेको थियो । सो अवसरमा बेतना सामुदायीक बनका अध्यक्ष डम्बर बस्नेतले बेताना सिमसारको बिगत र भावी योजनाहरु भ्रमण टोलिलाई जानकारी गराएका थिए ।

Facebook Comments
Show More

Related Articles