बिबिधसमाचारसमाज

चर्चा चुलिदै छ , यज्ञ उर्फ चुप्पी डनको

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

उर्लाबारी,२० मङ्सिर । मोरङको उर्लाबारी–५ का ३५ वर्षीय यज्ञबहादुर कटुवाल यति बेला चर्चामा छन् ।
बेलायती पत्रिकाको अनलाइन ‘डेली मेल डटकम’ले समाचार लेखेपछि यज्ञको चर्चा देश देशान्तर सम्म फैलिएको हो । उनी स्थानीय एक विद्यालयको स्कुल बसका सहचालक हुन् । उनी न गीत गाएर चर्चामा आएका हुन , न अभिनय गरेर । न उनी भाषणमा माहिर छन , न कुनै खेला तमासामा । उनको अनौठो क्षमता भनेको जिब्रोले निधार र आँखिभौँ सम्म छुने हो ।
पहिलो पटक युवामन नेपाल युट्यूव च्यानलले उनको अद्भुत क्षमतालाई बाहिर ल्याएको थियो । युवामन नेपालका सञ्चालक किसोर श्रेष्ठले यज्ञलाई काठमाडौ पु¥याएर चर्चित हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’मा पनि अभिनय गर्ने अवसर जुराएपछि उनको नाम र क्षमता अझ चर्चामा पुगेको हो । ‘गिनिज बुक’मा नाम चढाउने लक्ष्य छ , यज्ञले भने । एउटा मात्रै दाँत भएका यज्ञबहादुरले आफ्नो अनौठो क्षमताकै आधारमा ‘गिनिज बुक’मा रेकर्ड गराउन चाहेको बताए ।

Facebook Comments
Show More

Related Articles