समाचारसमाज

नेविसंघको जिल्ला अधिवेशनमा केन्द्रले तोकेकै मितिमा हुने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

विराटनगर, २० मङ्सिर । मोरङ कांग्रेसले नेविसंघको १२ औ जिल्ला अधिवेशन गर्ने बिषयमा जिल्लामा रहेका नेविसङ्घका नेताहरू सँग छलफल सुरु गरेको छ । सभापति डिगबहादुर लिम्बूले अधिवेशन आयोजना गर्ने बिषयमा नेविसंघका वर्तमान र पुर्व पदाधिकारी तथा पार्टी जिल्लाका विभागीय प्रमुखसंग छलफल गरेका हुन् । नेविसंघका सह–महामन्त्री कृष्ण कार्की, केन्द्रीय सदस्य आशिस कार्की, पुर्व केन्द्रीय सदस्य केदार कार्की, हरि भट्टराई , पुर्व जिल्ला सभापतिहरू मान बहादुर लिम्बु,सुभाष भण्डारी, गोपाल सेडाई , , पार्टीको विद्यार्थी विभाग प्रमुख राजु् मास्के लगायतका पदाधिकारीहरु सँग छलफल गर्दै सभापति लिम्बुले नेविसंघ जिल्ला अधिवेशनका विषयमा छलफल गर्नु भएको हो । नेविसंघका बहालवाला पदाधिकारी र पुर्व पदाधिकारीहरु सम्मलित समन्वय समिति गठनगरेर केन्द्रीय प्रतिनिधिको सल्लाहका आधारमा केन्द्रले तोकेकै मितिमा जिल्ला अधिशनहुने सभापति लिम्बुले बताउनु भयो । उहाँले तोकिएकै डेटलाईनमा नै अधिवेशन हुने बताउनु भयो । छलफलमा सहभागीहरुले सबै प्रकारका गुटलाई अन्त्य गर्ने तरिकाले नेविसंघलाई नेतृत्व प्रदान गर्ने बिषयमा सहभागीहरुले छलफलमा सुझाव दिएको छलफलमा सहभागि नेविसंघका सह–महामन्त्री कृष्ण कार्कीले बताउनु भयो ।

Facebook Comments
Show More

Related Articles