बिबिधसमाचारसमाज

उमेर ७० वर्ष नाघ्यो , अझै छैन नागरिकता

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

हरि कोइराला
कानेपोखरी(मोरङ) २० मङ्सिर । न शरणार्थी, न भारतीय नागरिक । पहाड घर ओखलढुङ्गामा आर्थिक सङ्कट भएपछि झापाको विर्तामोड हुँदै मोरङको कानेपोखरी– ७ मा बस्दै आउनु भएका माझी दम्पतिले ७० वर्षको उमेर पार गरिसक्नु भयो । तर, अझै नागरिकता पाउनु भएको छैन ।
नागरिकता प्राप्त गर्न ७१ वर्षीय श्यामबहादुर माझीले पहल नगर्नु भएको भने होइन । तर,कहिले बसाई सराई त कहिले मतदाता परिचय पत्र पेश गर्न भनेपछि उहाँले नागरिकता पाउनु भएन । गाउँमा आफ्ना उमेरका साथीसङ्गीले महिनै पिच्छे सामाजिक सुरक्षा भत्ता वापत २ हजार रुपियाँ बुझ्छन् । तर, उमेर पुगिसक्दा पनि श्यामबहादुर र उहाँकी अर्धाङ्गीनी बाटुली माझीले नागरिकता नभएकै कारण भत्ता पाउनु भएको छैन् ।
त्यसो त उहाँका तीन छोरीले भने नागरिकता निकालिसकेका छन् । श्यामबहादुरले भन्नुभयो–‘छोरीहरूको नागरिकता ज्वाईले निकालि दिएँ । हाल कान्छी छोरी ज्वाईसँग बस्दै आउनु भएका श्यामबहादुर र वाटुली बुढेसकालमा पनि कृषि मजदुरी गरेर जीविकोपार्जन गरिरहनु भएको छ ।
उहाँ ३० वर्षयता मोरङको कानेपोखरी–७ मा बस्दै आउनु भएको छ । छिमेकी, इष्टमित्र सबैलाई उहाँ नेपाली नागरिक हो भन्ने राम्रो थाहा छ । तर किन नागरिकता बनेन भन्ने जानकारी छैन । छिमेकी कालीमाया तामाङले भन्नुभयो–बुढा बुढीको नागरिकता निकालिदिन पाए, सरकारको पैसा पाउथे । अत्यन्तै कमजोर आर्थिक अवस्थाका माझी दम्पतिको नागरिकता निकालिदिन जुनसुकै सहयोग गर्न छिमेकीहरू तयार छन् । छिमेकी दावामाया तामाङले भन्नुभयो–हामीले गर्ने सहयोग हामी गर्छौं , तर उहाँहरूलाई नागरिकता दिनुप¥यो ।
कानेपोखरी गाउँपालिकाका प्रमुख ताराबहादुर काफ्लेले जिल्ला प्रशासन कार्यालय मोरङसँग सम्पर्क गरेर यथाशक्य छिटो सरकारी सेवाको घुम्ती शिविर आयोजना गर्ने बताउनु भयो । उहाँले आफ्नो गाउँपालिकामा वंशजको नागरिकता पाउनु पर्ने धेरै सर्वसाधरण नागरिक नागरिकताबाट बञ्चित भएको स्वीकार्नु भयो । उहाँले आफू अस्वस्थ भएर लामो समय अस्पताल बस्नु परेकोले गत वर्ष नै आउने घुम्ती शिविर आउन नसकेको बताउनु भयो ।

Facebook Comments
Show More

Related Articles