समाचार

दुई हजार नदिँदा हत्या

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

मंसिर २०

रूकुम पश्चिम  जिल्लाकोजिल्लाको आठबीसकोट नगरपालिका- ५ का २८ वर्षीय धनबहादुर विकले २२ वर्षीय रविन सार्कीलाई कुटपिट गरी हत्या गरेका छन्। गत मंसिर ७ गते आठबीसकोटको राडिबाट घरतर्फ जाँदै गर्दा विकले वडा नं. ४ गिदीविसा भन्ने ठाउँमा सार्कीमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार सार्कीले घटना हुनुभन्दा पहिला विकलाई कुटपिट गरी घाइते बनाएका थिए।घाइतेको उपचारका क्रममा खर्च भएको दुई हजार विकले नदिएका कारण कुटपिट भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए।

सार्कीको उपचारको क्रममा गत मंसिर ११ गते मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो। कुटपिटपछि फरार भएका विकलाई मंसिर १० गते जाजरकोटको बगराबाट पक्राउ गरी प्रहरीले बिहीबार सार्वजनिक गरेको छ।

जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments
Show More

Related Articles