समाचार

मोरङमा चैतसम्ममा स्वास्थ्य विमा लागु हुने : बेलबारीमा विमाबारे अभिमुखीकरण चल्दै

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

मंसिर २०
मोरङमा स्वास्थ्य विमा कार्यक्रम लागु गर्नका लागि अहिले स्वास्थ्यकर्मी र सरोकारवाला व्यक्तिहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन भैरहका छन् । बेलबारीमा पनि स्वास्थ्यकर्मीहरुका लागि हिजोबाट अभिमुखीकरण कार्यक्रमहरु भैरहेको छ । नगरभरीका स्वास्थ्यकर्मीहरुलाई विमा कार्यक्रमबारे जानकारी दिने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरिएको स्वास्थ्य विमा वोर्ड प्रदेश १ का कोअर्डीनेटर महेश पोखरेलले जानकारी दिनुभएको छ । जिल्लाभरीका सबै स्थानिय तहका स्वास्थ्यकर्मी, सरोकारवाला व्यक्तिहरु नगरका प्रमुख,उपप्रमुख गाउँपालिका अध्यक्ष,उपाध्यक्ष, वडाध्यक्षहरु सञ्चारकर्मी लगायत सरोकारवाला व्यक्तिहरु सहभागी अभिमुखीकरण र अन्तरक्रिया कार्यक्रम समेत गर्ने तयारी रहेको पोखरेलले जानकारी दिनुभएको छ । अभिमुखीकरण कार्यक्रमपछि दर्ता सहयोगीहरु छनौट गरेर उनीहरु मार्फत घरघरमा गएर नामादर्ताको काम हुने उहाँले जानकारी दिनुभएको छ । आउदो चैत महिना सम्ममा विमा कार्यक्रम लागु गर्ने वोर्डको तयारी रहेको छ । मोरङकै छिमेकी जिल्लाहरु झापा र सुनसरीमा स्वास्थ्य विमा कार्यक्रम लागू भैसकेका छन् । १ देखि ५ जनासम्म सदस्य भएको परिवारले २ हजार ५ सय रुपैयाँ तिरेर र त्यो भन्दा माथी सदस्य हुने परिवारले प्रति व्यक्ति ४ सय २५ रुपैँयाका दरले थप रकम तिरेर विमा गर्नुपर्ने हुन्छ । विमा गरेपछि त्यो परिवारका सदस्यले तोकिएको स्वास्थ्य संस्थाबाट न्युनतम ५० हजार देखि १ लाख रुपैयाँ सम्मको उपचार र केही तोकिएका औषधीहरु निशुल्क पाउने वोर्डले जनाएको छ ।

Facebook Comments
Show More

Related Articles